चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन् । सी को उद्देश्य बेइजिङलाई ‘आधिपत्य होइन, भरपर्दो साझेदार’का रुपमा स्थापित गर्नु रहेको विश्लेषकहरूले बताएका छन्।

सी यसै साता दक्षिणपूर्वी एसियाको भ्रमणका लागि प्रस्थान गरेका थिए उनले यसअघि भियतनामको भ्रमण गरिसकेका छन् । भने मलेसियापछि राष्ट्रपति सीले कम्बोडियाको पनि भ्रमण पनि सामेल हुनेछ ।

बेइजिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दण्डात्मक कर प्रणालीको स्थिर विकल्पको रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।

सीलाई मलेसियाका राजा सुल्तान इब्राहिमले बुधबार सुनौलो गुम्बज भएको इस्ताना दरबारमा रङ्गीचङ्गी समारोहबीच स्वागत गरेका थिए ।
 
राजासँगको वार्तापछि सीले प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्री इब्राहिमले बुधबार नै क्वालालम्पुरबाहिर रहेको प्रशासनिक राजधानीका रूपमा चिनिने पुत्रजयामा राष्ट्रपति सीका लागि रात्रिभोजको आयोजना गर्नेछन् । 

मलेसियाली विदेश मन्त्रालयका अनुसार दुवै नेताले विभिन्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नेछन् । मलाया विश्वविद्यालयको अन्तर्राष्ट्रिय तथा रणनीतिक अध्ययन विभागका एसोसिएट प्रोफेसर खु यिङ हुइले भने, ‘यो मित्रताको मात्र कुरा होइन, यो बेइजिङप्रतिको गुरुत्वाकर्षणको क्षेत्रीय केन्द्रलाई पुनः व्यवस्थित गर्ने विषय हो ।’

उनले एएफपीसँगको कुराकानीमा अमेरिकी व्यापार उपायहरूले विश्व बजारलाई अस्तव्यस्त बनाइरहेको बेला क्षेत्रीय ऐक्यबद्धताका लागि साहसको परीक्षण गर्न यो भ्रमण योजनाबद्ध कदम भएको बताए। 

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) क्षेत्रीय समूहका सदस्यहरू अमेरिकी करबाट सबैभन्दा बढी प्रभावित भएका छन्, यसले वासिङ्टनका मित्र र सहयोगीलाई समेत अलग गर्ने खतरा छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ३ : २४ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका