तराई-मधेस जागरण अभियान आजदेखि फेरि सुरू « Khabarhub

तराई-मधेस जागरण अभियान आजदेखि फेरि सुरू


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम भएका छन् ।

अभियानमा सहभागीले आज बिहान छ किलोमिटर ‘मर्निङवाक’ गरेका पश्चिम नवलपरासी वाइसिएलका जिल्ला अध्यक्ष मोहन सापकोटाले जानकारी दिए । अभियानका क्रममा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बजारबाट ‘मर्निङवाक’ गर्दै बर्दघाट-१४ स्थित सहिद स्मृति सामुदायिक अस्पताल चौपतको प्राङ्गणमा रहेको सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नारायण भण्डारीले बताए। 

उनका अनुसार अभियानका क्रममा अध्यक्ष दाहालले सहिद परिवार, शुभेच्छुकलगायत व्यक्तिसँग भेटघाट र छलफल गरेका थिए । विनयी त्रिवेणी–६ त्रिवेणीधाम, अवलोकन गरी यहाँका स्थानीयसँग समसामयिक विषयमा छलफल गरेको सापकोटाले उल्लेख गरे। पाल्हीनन्दन गाउँपालिका-५ राधाकृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा जनतासँग जनसभा कार्यक्रम गर्नुका साथै जिल्ला सदरमुकाम परासीलगायत ठाउँमा पनि कार्यक्रम गर्ने तयारी भएको छ ।

नवलपुरको गैँडाकोटबाट पुनः सुरू भएको अभियान आज पश्चिम नवलपरासीका विभिन्न स्थानमा आयोजना भएको छ । जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई निरन्तरता दिँदै जनताका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पलह गर्ने नेकपा मओवादी केन्द्रले जनाएको हो । 

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।