केपी ओली कप : समूह चरण सकियो, अत्तरिया सेमिफाइनलमा  | Khabarhub Khabarhub

केपी ओली कप : समूह चरण सकियो, अत्तरिया सेमिफाइनलमा 


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा १२५ रनको विजयी लक्ष्य पाएको अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनायो । निश्चल क्षेत्री ३० र अर्जुन बिक १२ रनमा नटआउट रहे । निश्चलले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे अर्जुनले १४ बलमा २ चौका प्रहार गरे । 

ओपनर अभिषेक पलले ३८ रनको योगदान दिदैँ आउट भए । उनले १७ बलमा ५ चौका र २ छक्का प्रहार गरे । विपिन रावल १६, खगेन्द्र जोशी ४ रनमा आउट भए । मालपोखरीका लागि सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १-१ विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मालपोखरीका लागि विजय गुप्ताले ३८ रनको योगदान दिदैँ आउट भए । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरे । ओपनर सोहन कुमार यादव १६, डब्लु मलिक १७, जितेश मन्डल १७, रन्विर यादव २, सिराज हावारी १३ र सन्दिप खड्का १ रनमा आउट भए भने चन्दन यादव, आतिश दास, पंकज यादव शुन्यमै पेभिलियन फिर्किए । 

अकिल खान ९ रनमा नटआउट रहे । अत्तरियाका लागि अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशील साउदले समान २–२ तथा भोजराज भट्टले १ विकेट लिए । त्यसअघि सोही समूहको खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले हराएको थियो । 

१४० रनको विजयी लक्ष्य पाएको होरिजोनले उत्कृष्ट प्रदर्शनी गर्दै १२.३ ओभरमा ३ विकेट गुमाउँदै १४० रन बनायो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्काको मद्दतमा सर्वाधिक ८० रनको योगदान दिएपनि टिमलाई सेमिफाइनलमा पु¥याउन भने सकेनन् । 

अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए । त्यसअघि टर हारेर ब्याटि थालेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले ४७ रनको योगदान दिएका थिए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । रितेश राय २३ रनमा आउट भए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २-२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १र१ विकेट लिएका थिए । 

अत्तरियाले कुल ३ खेलमा ३ जित हात पार्दै ६ अंकका साथ शीर्ष स्थानमा रहँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो । 

यस अघि समूह ‘ए’ बाट सिइसी काठमाडौं, ‘बी’ बाट गण्डकी हिरोज र ‘सी’ बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको थियो । भोलि पहिलो सेमीफाइनल काठमाडौं र हिमाल तथा दोस्रो सेमीफाइनल गण्डकी र अत्तरियाबिचमा हुनेछ । चैत २३ गतेदेखी सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : २७ बजे

अर्थतन्त्रमा जलवायु परिवर्तनको जोखिम : जीडीपीमै असर

काठमाडौं– विश्वमा जलवायु परिवर्तनको असर बढ्दै गएको विभिन्न तथ्यांकहरूले देखाएका

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं– नबिल बैंकले ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड’ योजनाको म्याद थप गरेको छ

मनाइयो कानुन दिवस : छिटो–छरितो न्याय प्रदान गर्न जोड

काठमाडौं– विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको नेपाल प्रधान न्यायालय

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’

टिकट नपाएपछि एमाले प्रवेश गरेका बोहरा कांग्रेसमै फर्किए

धनगढी– बुढीनन्दा नगरपालिकाकाका उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली कांग्रेसमै फर्किएका