सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन « Khabarhub

सरकारको गति : असोजमा बाढी पहिरो, वैशाखमा क्षति आंकलन


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोजमा अविरल वर्षाका कारण सिर्जित मनसुनजन्य विपदबाट क्षतिग्रस्त निजी आवासहरूको विस्तृत क्षति आंकलन थालिएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिग्रस्त जिल्लाहरूमध्ये काभ्रेको रोशी गाउँपालिका वडा नं २ नारायणटारबाट आंकलन सुरु गरेको हो ।

रोशी गाउँपालिका वडा नम्बर २ का ३ जनालाई क्षति आंकलन निस्सा उपलब्ध गराउँदै गृहमन्त्री रमेश लेखकले विस्तृत क्षति आंकलन सुरुवात गरे । उनले ज्यादा प्रभावित जिल्ला र स्थानीय तह भएकाले रोशीबाट सुरुवात गरिएको जानकारी दिए  ।

क्षति आंकलनपछि पुननिर्माण सहज हुने भन्दै उनले छिटो आंकलन सकाएर पुनर्निर्माण थाल्न प्रभावित र स्थानीय तहलाई आग्रह गरे । गृहमन्त्री लेखकले सरकारले गत असोज महिनामा बाढीपहिरोबाट क्षति भएका निजी आवास पुननिर्माणको काम एक वर्षभित्र सक्ने लक्ष्य राखेको उल्लेख गरे । 

सो क्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सदस्य सूर्यमान दोङले पुल, तटबन्धनलगायतका पूर्वाधार निर्माण गरेर मात्रै पुनर्निर्माण पूर्ण हुने बताए । 

नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले नारायणटार लगायत काभ्रेका विभिन्न खेतीयोग्य फाँटहरू बगरमा परिणत भएको भन्दै दुई वर्षभित्र पुरानै अवस्थामा फर्काउन योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

विस्तृत क्षति आंकलनका लागि रोशी गाउँपालिकाबाट तीन वटा क्लस्टरमा र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट समेत गरी २२ जना प्राविधिक खटिने बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ५१ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब