प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने « Khabarhub

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ। विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारिसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो । 

वायुप्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणकार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ । 

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुगमन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए । 

‘लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपतकालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ । जबकि साता  दिनअघि ३७० एक्युआइ नाघेको थियो’, उनले भने, ‘वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्छ । नियन्त्रणका लागि हामी प्रदूषणको अवस्था उच्च हुँदामात्रै होइन बाह्रै महिना प्रयासरत रहनेछौँ ।’

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माणकार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ६ : २६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।