संवैधानिक आयोगमा नियुक्तिविरुद्धको रिट अब छिनोफानोतिर « Khabarhub

संवैधानिक आयोगमा नियुक्तिविरुद्धको रिट अब छिनोफानोतिर


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक आयोग गरेको ५२ जनाको नियुक्तिविरुद्धको रिट बुधबार पनि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ।

बुधबार संवैधानिक इजलासमा सुनुवाइ भएपछि उक्त रिटलाई सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको हो । अब उक्त रिटलाई निरन्तर सुनुवाइमार्फत् टुंगोमा पुर्‍याउने तयारी सर्वोच्चले गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा यो रिटलाई हेर्दाहेर्दैमा राखिएको छ । यो रिटमा अब आगामी वैशाख ७ गतेका लागि पेशी तोकिएको छ।

बुधबार सुनुवाइ नसकिएपछि अब आइतबारलाई पेशी तोकिएको छ। यो रिट दर्ता भएको साढे ४ वर्ष हुँदा पनि सर्वोच्चले अन्तिम टुंगो लगाउन सकेको छैन ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ मा प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक आयोगमा ५२ जनालाई नियुक्त गरेका थिए ।

सुरूमा अख्तियार प्रमुख प्रेमकुमारसहितलाई नियुक्ति दिलाएको ओली सरकारले दोस्रो पटकमा लोकसेवा आयोगका अध्यक्षसहित ५२ जनाको नियुक्ति गरेको थियो ।

संसद् विघटन भएपछि संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगमा नियुक्ति दिलाएको भन्दै सर्वोच्चमा रिट दर्ता गरिएको थियो।

उक्त रिट दर्ता भएदेखि चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्कीदेखि विश्वम्भरप्रसाद श्रेष्ठसम्मले यो मुद्दालाई पखा लगाउँदै आएका छन् । प्रकाशमान सिंह राउतले संवैधानिक इजलासको नेतृत्व गरेपछि संवैधानिक नियुक्तिको रिटले प्राथमिकता पाएर टुंगिने आशा बढेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : १३ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित