संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे « Khabarhub

संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

झापा – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको मौलिक पर्व, परम्परा र विविध संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार भएको बताएका छन् ।

यहाँको मेचीनगरस्थित धाइजनमा आयोजित लोपोन्मुख मेचे समुदायको राष्ट्रिय पर्व वैशागु बथर तथा वृहत् जनसांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सबै जातजातिको धर्म, संस्कृति, रीतिरिवाज खुला रूपमा मनाउन पाउनु गणतन्त्रको देन भएको उल्लेख गरेका हुन् ।

सभामुख घिमिरेले संविधानसभाबाट घोषित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अघि बढ्नुपर्ने बताउँदै नेपाल विभिन्न जातजातिको साझा थलो भएको बताए । यसमा सबैको धर्म, संस्कृति, पहिचानलाई समान महत्व दिएरमात्र राष्ट्र बलियो र समृद्ध बन्ने उनको भनाइ छ ।

घिमिरेले जातीय सौहार्द बिगार्न खोज्ने तत्वबाट सजग रहनसमेत आग्रह गरे । “लोपोन्मुख जातिहरू जोगिएनन् भने राष्ट्रिय मौलिकता हराउने खतरा रहन्छ । मेचे समुदायजस्ता लोपोन्मुख जातिको संरक्षण राज्यको दायित्व हो ”, सभामुख घिमिरेले भने । मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा सभामुख घिमिरेले मेचे भवनकोसमेत उद्घाटन गरे ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच हजार १९३ जनसङ्ख्या रहेको मेचे समुदायको बसोबास झापाका नौ स्थानीय तहमा मात्र छ । मेचीनगरमा करिब दुई हजार जनसङ्ख्या रहेको छ ।

‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आह्वानः पहिचानसहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामुदायिक सशक्तीकरणका सन्देश प्रस्तुत गरिएको छ ।

कार्यक्रममा एसइई परीक्षामा मेचे समुदायबाट उत्कृष्ट अङ्क ल्याउने आइस्था मेचे, दीपा मेचे, अञ्जली मेचे, गरिमा मेचे र प्रकृति मेचेलाई सम्मान गरिएको थियो । साथै, नवनिर्मित भवनका लागि जग्गा दान गर्ने नरेन्द्र मेचे गछम, बुद्धलाल मेचे र विशु मेचेलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ९ : ११ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।