शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै « Khabarhub

शर्मिला वाइबालाई रड प्रहार, स्तुपा अस्पतालमा उपचार हुँदै


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो ।

रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ ।

उनी आफूलाई सामाजिक अभियन्ता भन्दै अरूको पारिवारिक विवादमा छिर्ने गर्थिन् । उनले हस्तक्षेप गर्दा चर्चित कमेडियन पवन खतिवडाको घर नै भाँडिएको थियो ।

यसअघि उनी जस्तै सामाजिक अभियन्ता बताउने पुण्य गौतमलाई पनि मरनासन्न हुने गरी रड हानिएको थियो । गौतमलाई दुर्गा प्रसाईंका कार्यकर्ताले आक्रमण गरेका थिए। यी दुवै पात्रलाई युट्युबरले भाइरल बनाएका हुन् ।

शर्मिलालाई कसले रड हान्यो भन्ने खुलेको छैन। घाइते शर्मिलालाई पहिचानवादी नेता आङकाजी शेर्पालगायतले स्तुपा अस्पताल पुगेर भेटेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ४२ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।