रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष « Khabarhub

रुस-युक्रेन युद्धः ट्रम्प र पुटिनले मात्र शान्ति वार्तालाई ‘ब्रेकथ्रु’ गर्ने निष्कर्ष


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

टर्की – अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन शान्ति वार्तामा मुख्य ब्रेकथ्रुका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनकै आवश्यकता रहेको बताएका छन्। दक्षिण टर्कीमा भएको नाटोका विदेश मन्त्रीको बैठक सकिएपछि उनले सो कुरा बताएका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले इस्तानबुलमा वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने बताए पनि रुसले त्यसलाई गम्भीरतापूर्वक लिएको थिएन। वार्तामा पुटिनले आफ्नै एइडिई भ्लाडिमिर मेडेन्सकीको नेतृत्वमा प्रतिनिधि मण्डल पठाउने बताएपछि जेलेन्स्की र रुबियोले यसको आलोचना गरेका हुन्।

मध्यपूर्वमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले पनि ठोस निकास पाउनका लागि आफू र पुटिनकै वार्ता आवश्यक रहेको बताएका थिए। ट्रम्पले आफू र पुटिन मिलेर नै युद्ध अन्त्य गर्नुका आवश्यक भएको बताए। प्रत्येक दिन मानिस मरिरहेका कारण यसको समाधान गर्नु आवश्यक भएको उनको भनाइ छ।

अमेरिकी विदेशमन्त्री मार्क रुबियो।

यस अघि युरोपेली नेता र युक्रेनले ३० दिने निशर्त युद्ध विरामको कुरा उठाएपछि पुटिनले बिहीबार द्विपक्षीय वार्ताको प्रस्ताव राखेका थिए। ट्रम्पले रुसले तल्लो तहको प्रतिनिधि मण्डल पठाएर टर्कीका राष्ट्रपतिको समेत अनादर गरेको आरोप लगाए।

यसैबीच मेडेन्सकीले इस्तानबुलमा पत्रकारसँग बोल्दै रुसले सन् २०२२ मा असफल भएको वार्ताकै निरन्तरताको रूपमा यसलाई लिएको बताए। उनले विवादको जरो फेला पारेर मात्र युक्रेनसँग स्थायी शान्तिको विषय अघि बढाउन सकिने बताए।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ०४ बजे

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस