गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै « Khabarhub

गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले तयार पारेको नीति, कार्यक्रम र बजेटबीच समन्वयको अभाव देखिएको छ।

 महालेखापरीक्षकको सातौँ वार्षिक प्रतिवेदन २०८२ मा संघीय सरकारको आवधिक योजना, दिगो विकास लक्ष्य र प्रदेशको क्षेत्रगत नीतिसँग प्रदेशको नीति तथा कार्यक्रमको तालमेल नदेखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा स्थानीय तहबाट सञ्चालन हुने योजनाहरूसमेत प्रदेशको एकीकृत लक्ष्यअनुसार नचलाइएको, नीति तथा कार्यक्रमअनुरूप बजेट विनियोजन नभएको र कार्यान्वयन कमजोर देखिएको उल्लेख छ।

गण्डकी प्रदेश सरकारले २०८०-८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि त्यसको २२ अर्ब २० करोड मात्र खर्च भएको छ। प्राथमिकता नतोकी साना योजनामा रकम खर्च भएको, माग र आवश्यकताको मूल्यांकन नगरी योजना छनोट गरिएको तथा कार्यान्वयनमा समेत कमजोरी देखिएको महालेखाको निष्कर्ष छ।

महालेखाले नीति, कार्यक्रम र बजेट निर्माणमा राष्ट्रिय लक्ष्यसँग समन्वय गर्न, योजनाको प्राथमिकता निर्धारण गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सुझाव दिएको छ। तालमेलको अभावका कारण अपेक्षित विकास परिणाम नआएको भन्दै संरचनागत र कार्यगत सुधारको खाँचो औँल्याइएको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : १८ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा