दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने « Khabarhub

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको प्ले अफ गुमाउने भएका छन्।

दक्षिण अफ्रिकी टेस्ट टोलीका ८ जना अहिले आईपीएल खेलिरहेका छन्। गुजरात टाइटनका कासिगो रबाडा, लखनउ सुपर जेन्ट्सका आइडन म्याक्रम, पन्जाब किङ्सका मार्को जेन्सन र दिल्ली क्यापिटलका ट्रिस्टियन स्टब्स विश्व च्याम्पियन सिप खेल्ने टोलीमा छन्।

यसैगरी, रोयल च्यालेन्जर बंगलोरुका लुङ्गा एनगिडी, सनराइजर्स हैदरावादका वियाम मलडर तथा मुम्बई इन्डियनका रेन रिकेल्टन र करबिन बोस्क टेस्ट खेल्ने दक्षिणी अफ्रिकी टोलीमा छन् ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्ड र आईपीएलले टोलीमा रहेका खेलाडीलाई छाड्ने सहमति गरेका हुन्। विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुन देखि लर्डसमा हुने छ। सीमामा भारत र पाकिस्तानको विवादका कारण स्थगित भएको आईपीएल १७ मेबाट सुचारु हुँदै छ। शनिबार कलकता नाइटराइडर्सको बंगलोरुसँग खेल्नेछ।

आईपीएलमा दक्षिण अफ्रिकी खेलाडीको अनुपस्थितिको सबै भन्दा धेरै असर मुम्बईमा पर्न सक्ने छ। सो टोलीमा रिकेल्टन र बस्क दुवैले राम्रो प्रदर्शन गरिरहेका छन्। जेन्सनको अनुपस्थिति पन्जाबका लागि महँगो पनि साबित हुनसक्छ। म्याक्रमको टोली लखनउ प्ले अफमा जाने सम्भावना लगभग अन्त्य भइसकेको छ। मल्डर रहेको हैदरावाद पनि आईपीएलबाट बाहिरिएको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ८ : ०३ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका