दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने | Khabarhub Khabarhub

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण अफ्रिकी खेलाडीले आईपीएलको प्ले अफ गुमाउने भएका छन्।

दक्षिण अफ्रिकी टेस्ट टोलीका ८ जना अहिले आईपीएल खेलिरहेका छन्। गुजरात टाइटनका कासिगो रबाडा, लखनउ सुपर जेन्ट्सका आइडन म्याक्रम, पन्जाब किङ्सका मार्को जेन्सन र दिल्ली क्यापिटलका ट्रिस्टियन स्टब्स विश्व च्याम्पियन सिप खेल्ने टोलीमा छन्।

यसैगरी, रोयल च्यालेन्जर बंगलोरुका लुङ्गा एनगिडी, सनराइजर्स हैदरावादका वियाम मलडर तथा मुम्बई इन्डियनका रेन रिकेल्टन र करबिन बोस्क टेस्ट खेल्ने दक्षिणी अफ्रिकी टोलीमा छन् ।

दक्षिण अफ्रिकी क्रिकेट बोर्ड र आईपीएलले टोलीमा रहेका खेलाडीलाई छाड्ने सहमति गरेका हुन्। विश्व टेस्ट च्याम्पियनसिपको फाइनल ११ जुन देखि लर्डसमा हुने छ। सीमामा भारत र पाकिस्तानको विवादका कारण स्थगित भएको आईपीएल १७ मेबाट सुचारु हुँदै छ। शनिबार कलकता नाइटराइडर्सको बंगलोरुसँग खेल्नेछ।

आईपीएलमा दक्षिण अफ्रिकी खेलाडीको अनुपस्थितिको सबै भन्दा धेरै असर मुम्बईमा पर्न सक्ने छ। सो टोलीमा रिकेल्टन र बस्क दुवैले राम्रो प्रदर्शन गरिरहेका छन्। जेन्सनको अनुपस्थिति पन्जाबका लागि महँगो पनि साबित हुनसक्छ। म्याक्रमको टोली लखनउ प्ले अफमा जाने सम्भावना लगभग अन्त्य भइसकेको छ। मल्डर रहेको हैदरावाद पनि आईपीएलबाट बाहिरिएको छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ८ : ०३ बजे

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा– राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्

चितवन– जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०