सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल  « Khabarhub

सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल 


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल धुलोरहित सडक निर्माणको अनुगमनमा निस्किएकी छिन् । 

बिहीबार डंगोल सहित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, वडाध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख सुमित्रा सुवेदी लामिछानेसहित प्राविधिकहरू अनुगमनमा निस्किएका हुन् । 

उक्त टोलीले लैनचौर मार्गमा गरिएको अस्फाल्ट (सडकमा कालोपत्रे थप गर्ने) को अनुगमन गरेको छ । अनुगमनका क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै प्राविधिक प्रतिवेदन डंगोलले मागेकी छन् । 

उक्त सडक ४३४ मिटर लामो छ । महानगर गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत सडकमा ओभरलेइङ् गरिएको हो । सडक महानगरपालिकाको उत्तरी क्षेत्र (वडा नम्बर १, २, ३, ४, ५, २६, २८, २९ र ३० का सडक ओभरलेइङ् भइरहेको छ ।

करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ। यसअन्तर्गत अहिलेसम्म करिब २० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ । सडक २०८३ असार मसान्तसम्म बनाउने सम्झौता छ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १ : ०५ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक