उत्पादनबिनाको वितरणले समस्या निम्त्यायाे : कांग्रेस उपसभापति गुरुङ | Khabarhub Khabarhub

उत्पादनबिनाको वितरणले समस्या निम्त्यायाे : कांग्रेस उपसभापति गुरुङ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए । 

उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो ।

‘उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो । यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ । हामी लोकप्रियतावादको बढी रमाउँदा यस्तो भएको हो । आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ’, गुरुङले भने।  

यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उनले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याल्याए । विदेशमा पढ्न जाँदा ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठूलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्ने भन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताए । ‘सङ्ख्या थपेर मात्रै राम्रो स्वास्थ्य सेवा पाउँछ भन्ने हुँदैन । भएका अस्पताललाई सही व्यवस्थापन, पर्याप्त साधनस्रोत र जनशक्ति दिन आवश्यक छ । त्यसतर्फ बजेटले बढी ध्यान पुर्‍याउनुपर्छ’, गुरुङले भने । एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरे ।

सांसद गुरुङले आगामी आर्थिक वर्षको बजेटले धार्मिक र साहसिक पर्यटनका लागि लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिए । ‘भौतिक पूर्वाधार निर्माण गर्दा पनि पर्यटन पूर्वाधारसँग जोड्न सक्नुपर्छ । जलविद्युतका क्षेत्रमा ठूला जलाशययुक्त आयोजना निर्माणलाई बजेटको  प्राथमिकतामा राख्नुपर्छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गरी प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गरिनुपर्ने आवश्यकता छ’, उनको सुझाव थियो ।

गुरुङले वनमा खेर गइरहेको बहुमूल्य काठ प्रयोगमा जोड दिनुपर्ने, जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नुपर्नेलगायत सुझाव प्रस्तुत गरे । 
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : ०१ बजे

भक्तपुरमा दसैँका लागि च्याङ्ग्रा ल्याइयो

भक्तपुर– दसैँका लागि मुस्ताङ हुँदै भक्तपुरमा च्याङ्ग्रा ल्याइएको छ ।

बाबुरामले छाडे नयाँ शक्तिको अध्यक्ष पद

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व

शाहरुख, विक्रान्त र रानीले पाए पहिलो पटक राष्ट्रिय फिल्म अवार्ड

काठमाडौं– भारतीय सिनेमाका तीन चर्चित नाम शाहरुख खान, विक्रान्त मेस्सी

भक्तपुर र सिराहामा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– भक्तपुरको सूर्य विनायक नगरपालिका-८ चक्खु खोलाको किनारामा हाल नाम, थर

संयुक्त राष्ट्रसङ्घको ८०औँ महासभामा न्यूयोर्कस्थित स्थायी प्रतिनिधि सहभागी हुने

काठमाडौं–  संयुक्त राष्ट्र सङ्घको ८०औँ महासभामा नेपालका तर्फबाट न्यूयोर्कस्थित संयुक्त