दादासाहेब फाल्केको बायोपिकमा ११ वर्षपछि सहकार्य गर्दै अमिर र हिरानी « Khabarhub

दादासाहेब फाल्केको बायोपिकमा ११ वर्षपछि सहकार्य गर्दै अमिर र हिरानी


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक अमिर खान र निर्देशक राजकुमार हिरानीको कामको विशेषता मिल्छ । दुवै सन्देशमूलक फिल्ममा काम गर्ने रुचि राख्छन् ।

‘पीके’ र ‘थ्री इडियट्स’ जस्ता फिल्म यसका उदाहरण हुन् । सन्देशमूलक साथै व्यवसायिक हुने भएकाले बलिउडमा यी दुईका फिल्मले विशेष स्थान पाउँछन् ।

अझ यी दुईको सहकार्यलाई थप विशेष रूपमा हेर्ने गरिन्छ । अर्थात् यी दुईको सहकार्य हुँदा विशेष फिल्म बन्छ भन्ने आम बुझाइ छ । विगतले पनि त्यही भन्छ । यी दुईको पछिल्लो सहकार्य फिल्म ‘पीके’मा देखिएको थियो । यस फिल्मको शीर्ष भूमिकामा अमिर र निर्देशकको जिम्मेवारीमा हिरानी थिए ।

अब फेरि बलिउडमा यी दुईको सहकार्यको चर्चा चलेको छ । बलिउडका लेजेन्ड लेखक, निर्देशक तथा निर्माता दादासाहेब फाल्केको ‘बायोपिक’ का लागि यी दुईले सहकार्य गर्ने भएका हुन् ।

११ वर्षपछि यी दुईले यस फिल्ममा सहकार्य गर्न लागेका हुन् । भारतीय मिडिया पिंकभिल्लाका अनुसार यी दुईबीच उक्त बायोपिकमा सहकार्य गर्ने सहमति भइसकेको छ । सन् २०२६ मा फिल्मको छायाङ्कन सुरु हुने बुझिएको छ ।

हिरानी फिल्म ‘डंकी’ पछि नयाँ प्रोजेक्ट सुरु गर्ने सोचमा छन् । यता अमिर आफ्नो महत्वकांक्षी फिल्म ‘सितारे जमिनर पर’ को काममा व्यस्त छन् । जुन २० मा यो फिल्म प्रदर्शनमा आउँदैछ ।

यस फिल्मको काम सकिएपछि हिरानी र अमिर बायोपिकको काम सुरु गर्ने योजनामा छन् । अहिले यो फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ ।

दादासाहेब फाल्केलाई ‘भारतीय सिनेमाको पिता’ उपनामले पनि चिनिन्छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : १४ बजे

प्रधानमन्त्रीलाई मिराजले भने : जेन-जी आन्दोलनको बेइज्जत भयो, राजीनामा दिनूस्

काठमाडौं- एकजना जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको