नयाँदिल्ली- भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार राति अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री मावलवी आमिर खान मुत्ताकीसँग फोनमा कुराकानी गरेका छन् ।
जयशंकरले गत अप्रिल २२ तारिखमा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेपछि मुत्ताकीलाई धन्यवाद दिए।
अफगानिस्तानले पाकिस्तानको त्यो आरोप अस्वीकार गरेको थियो । भारतीय मिसाइलहरूले अफगानिस्तानलाई लक्षित गरेर हानेको भनेपछि विवाद भएको थियो ।
यसका लागि पनि जयशंकरले अफगान सरकारलाई धन्यवाद दिएका छन् । यो भारत र तालिबान सरकारबीच मन्त्रीस्तरको पहिलो संवाद पनि हो ।
जयशंकरले भारत र अफगान जनताबीचको पुरानो मैत्रीपूर्ण सम्बन्धलाई दोहोर्याएका छन् । भविष्यमा यसलाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरिएको उनले बताए ।
इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार तालिबानका विदेशमन्त्रीले भारतसँग अफगान व्यापारी र बिरामीहरूका लागि भारतीय भिसा सहज बनाउन अनुरोध गरेका थिए।
यसका साथै, भारतमा रहेका अफगान कैदीहरूको रिहाइ र स्वदेश फिर्तीको अपील पनि गरिएको थियो । जयशंकरले यी मुद्दाहरू छिटो समाधान गरिने बताए।
भारतले अफगानिस्तानमा तालिबानको प्रवेशपछि २५ अगस्ट २०२१ मा तुरुन्तै भिसा जारी गर्न रोकेको थियो। तालिबान सत्तामा आएपछि त्यहाँको सुरक्षा अवस्थालाई ध्यानमा राखी यो निर्णय गरिएको थियो।
तालिबानले अफगानिस्तान कब्जा गरेपछि भारत र तालिबान सरकारबीच संवादको सुरुवात जनवरीमा भएको थियो।
जनवरीमा विक्रम मिस्री र मुत्ताकीबीच दुबईमा बैठक भएको थियो। त्यतिबेला अफगान विदेशमन्त्रीले अफगान जनतासँग जोडिन र उनीहरूको समर्थन गर्न भारतीय नेतृत्वको प्रशंसा गरेका थिए।
त्यसपछि विदेश मन्त्रालयका संयुक्त सचिव आनन्द प्रकाशले २८ अप्रिलमा मुत्ताकीसँग भेट गरेका थिए। त्यस समयमा दुबै देशबीच व्यापार र सहयोग बढाउनेबारे छलफल गरिएको थियो। अब एस जयशंकर र मुत्ताकीबीच फोनमार्फत् वार्ता भएको हो।
भारतले हालसम्म तालिबान सरकारलाई आधिकारिक मान्यता दिएको छैन, तर पछिल्ला २० वर्षमा भारतले अफगानिस्तानलाई २५ हजार करोड रुपैयाँको सहायता दिइसकेको छ ।
गत वर्ष नोभेम्बरमा तालिबानले मुम्बईस्थित अफगान वाणिज्य दूतावासमा आफ्नो कूटनीतिज्ञ नियुक्त गरेको थियो । रूस, चीन, टर्की, इरान र उजबेकिस्तानमा अफगान दूतावास पहिलेबाटै छन्।
कतारको सञ्चारमाध्यम अल-जजिराले भारत र अफगानिस्तानबीचको सम्बन्ध विस्तार हुँदै गएको छ । विशेषज्ञ राघव शर्माले भने– भारतलाई तालिबान सरकारलाई अब बेवास्ता गर्नु सम्भव छैन ।
भारतले सधैँ अफगानिस्तानलाई ‘रणनीतिक रूपमा महत्त्वपूर्ण’ देश मानेको छ । जब तालिबान सत्तामा आयो, तब भारतले उसलाई लगभग बेवास्ता गरेको थियो ।
तालिबान र पाकिस्तानबीचको सम्बन्ध अहिले राम्रो छैन । यस्तो अवस्थामा तालिबानले विश्वलाई उनीहरू केवल पाकिस्तानमा भर नपरेको सन्देश दिएको छ ।
तालिबान अहिले भारतजस्ता देशहरूसँग सम्बन्ध विस्तार गरेर देखाउन चाहिरहेको छ । उनीहरूसँग पाकिस्तानबाहेक अरू पनि विकल्प रहेका देखाउन चाहन्छन् ।
प्रतिक्रिया