औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट « Khabarhub

औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ– जिल्लाको काठेखोला गाउँपालिका–६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट छर्ने काम सुरु भएको छ ।

काठेखोला गाउँपालिका, हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, विवाइसी बागलुङको व्यवस्थापनमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत हेफर प्रोजेक्ट नेपालको १० लाख रुपैयाँ अनुदान सहयोग तथा स्थानीय कृषकको ५० प्रतिशत लागत साझेदारीमा तल्लो बिहुँमा रहेका १३ हजार फल दिने सुन्तलाका बोटमा लाग्ने औँसा किरा नियन्त्रण गर्न बोटमा प्रोटिन वेट औषधि छर्ने काम सुरु भएको हो ।

किसानको बगैँचामा पुगेका गण्डकी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ कृषि तथा बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले औँसा किराका साथै सुन्तलामा देखिने विभिन्न प्रकारका रोगहरुकाबारेमा दुई दिनसम्म कृषकलाई सहजीकरण गरे । दश दिनको फरकमा १० हप्तासम्म प्रतिबोट ५० मिलीलिटर प्रोटिन वेट छर्दा सुन्तलालाई औँसा किराको प्रकोपबाट जोगाउन सकिने अधिकारीको भनाइ छ । तीन वटा बोटमध्ये एक बोटमा प्रोटिन वेट छर्न अधिकारीको सुझाव छ ।

स्थलगत कार्यक्रमले प्रभावकारी काम देखिने र किसानलाई हौसला पनि मिल्ने काठेखोलाका अध्यक्ष राजु थापाले बताए । हेफर इन्टरनेशनल प्रोजेक्ट नेपालका कार्यक्रम व्यवस्थापक डा. प्रदीप अधिकारीले हेफरले गर्ने सहयोग निम्न वर्गका किसानसम्म पुग्नसकेमा व्यावसायिक किसान उत्पादन गर्न सकिने धारणा व्यक्त गरे ।

गत वर्ष औँसा किरा र सुन्तलाको जरा कुहिने समस्याले बागलुङमा सुन्तला उत्पादन घटेको थियो । सुन्तला गाउँले परिचित सिँगानामा सुन्तला उत्पादन वृद्धि भए पनि औँसाको प्रकोपले बिहुँ, सर्कुवामा सुन्तला उत्पादन घटेको थियो । गएको वर्ष बागलुङमा २० करोड रुपैयाँको सुन्तला उत्पादन भएको थियो । करिब ३४५ हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाका बोटबाट तीन हजार ९२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । बागलुङको बिहुँ, सिँगाना, सर्कुवा, बिनामारे, हरिचौर, वीरकोट, भकुण्डे र तित्याङ सुन्तलाका पकेट क्षेत्र हुन् ।

वडाध्यक्ष बृहस्पति कँडेलले आफ्नो वडामा अभियानकै रुपमा प्रोटिन वेट छर्ने कार्यक्रम सञ्चालन गर्दै सुन्तला बगानको थप व्यवस्थापन गरी आर्थिक समृद्धमा पुग्न स्रोतको पहिचान गरिने बताए ।

– रासस

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ४ : ५३ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा