वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता « Khabarhub

वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

मन्त्री शाही र सगरमाथा संवादमा सहभागी हुन बिहीबार नेपाल आइपुगेका मन्त्री यादवबीच आज सम्मेलनस्थलमा शिष्टचार भेट भएको वन सचिव डा राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।

भेटमा मन्त्री शाहीले नेपाल भारतसँगको वातावरण तथा वन क्षेत्रको सहकार्यलाई साझा उत्तरदायित्व क्षेत्रीय एकता, पारस्परिक सम्मानको भावनामा आधारित रही अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनीहरुबीच संरक्षणका साथै जलवायु परिवर्तन, विपद्, वायु प्रदूषणका समस्या समाधानमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको वन सचिव डा मिश्रले जानकारी दिए । 

साथै उनीहरुबीच वन्यजन्तु संरक्षण, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनजस्ता चुनौतीहरू सीमित भूगोलमा सीमित नरही क्षेत्रीय सहकार्य आवश्यक रहेकाले प्रभावकारी क्षेत्रीय सहकार्य गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो ।     
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ५ : ३६ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।