‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै « Khabarhub

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै


१३ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं ९ स्थित ‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण भइरहेको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुने जनाइएको छ । 

यसअघि नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय तथा सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ । आकर्षक हिमशृङ्खला र बागलुङ बजारको दृश्य देखिने यस स्थानलाई पर्यटकीय ‘हब’ बनाउन नगरपालिकाले ब्लु हिल नामकरण गरेको हो । 

ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माण गत वर्षदेखि थालिएको थियो । २५ करोडको पूर्वाधार बनाउने विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’मा उल्लेख छ । गत वर्ष पहिलो चरणमा रु ७० लाख र चालु आर्थिक वर्षमा दोस्रो चरणमा बाँकी काम भइरहेको छ । हाल २० फिटको शिवको मूर्ति राख्न आवश्यक दुई तला पक्की भवन निर्माण भइरहेको छ । 

डोय भन्ने सो स्थानलाई ब्लु हिलका रुपमा परिणत गर्न नगरपालिकाले सबैभन्दा बढी बजेट एकै ठाउँमा लगानी गरेको छ । यस वर्ष विभिन्न संरचना निर्माण गर्न क्वालिसट रिन्युयबल इनर्जी नामक कम्पनीले जिम्मा लिएर काम गरिरहेको छ । 

डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामकरण गरेर नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिका–९ तित्याङका वडाअध्यक्ष राजु थापाले जानकारी दिए । 

‘नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथि शिवमूर्ति बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, ठूलो पूर्वाधार बने पनि स–साना पूर्वाधारहरू पछि बन्छन्,’ वडाअध्यक्ष थापाले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले समेत प्राथमिकता पाउनेछन्, त्यहाँ पुग्ने सडक भने सुधारको आवश्यक छ ।’

गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल निर्माण गर्ने र शौचालय बनाउने काम सम्पन्न भएको थियो । यस स्थानमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जिम हल, मन्दिर, पार्किङलगायत अतिरिक्त पूर्वाधार निर्माण गर्ने डिपिआरमा उल्लेख छ । 

दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पुर्‍याउन नगरपालिकाले लगानी गरिरहेको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। उनले नगरपालिकाकै उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न आन्तरिक बजेटबाट लगानी गरिरहेको जानकारी दिए। 
 
समुद्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको ब्लु हिलले पछिल्लो समय नयाँ गन्तव्यको रुपमा चर्चा पाउन थालेको छ ।  

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  १२ : ३९ बजे

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच