सरकारको नीतिका कारण उद्योग व्यापार तंग्रिन नसकेकोले सुधार गर्न उद्योगी व्यवसायीको आग्रह « Khabarhub

सरकारको नीतिका कारण उद्योग व्यापार तंग्रिन नसकेकोले सुधार गर्न उद्योगी व्यवसायीको आग्रह


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी व्यवसायीहरूले सरकारको केही नीतिका कारण अझै पनि उद्योग व्यापार तंग्रिन नसकेकोले तत्काल ठोस सुधार गर्न आग्रह गरेका छन् ।  

विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औँ साधारण सभामा उनीहरूले प्रमुख दुई राजनैतिक दलको दुई तिहाइको सरकार भएकाले आर्थिक एजेण्डालाई अब राष्ट्रिय एजेण्डा बनाउनुपर्ने र अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न माग गरेका छन् ।

उनीहरूले केही महिना यता अर्थतन्त्रमा सुधार भए पनि बजार चलायमान हुन नसकेको गुनासो गरे । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आर्थिक रूपमा मुलुक सम्पन्न नभए सम्म मुलुक समृद्ध मान्न नसकिने भएकाले निजी क्षेत्रको सुझावलाई आत्मसाथ गरेर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उनले निजी क्षेत्रको सहकार्य र सहयोग विना मुलुकको अर्थतन्त्र समृद्ध नहुने कुरा सरकारले बुझेको र एकीकृत व्यापार रणनीति ल्याएको जानकारी दिए  । 

उनले सरकारले निजी क्षेत्रलाई अगाडि बढाउन क्रियाशील रहेकोले नै सरकारले केही ऐनहरू अध्यादेश मार्फत पारित गरेको उल्लेख गरे ।  

कार्यक्रममा सहभागी  उद्योगी व्यवसायीहरूले खुला सीमाका कारण भइरहेको अवैध व्यापार, लोडसेडिङ र केही उद्योगलाई लक्षित गरी कर प्रणाली हेरफेर जस्ता समस्याले उद्योग व्यापार सञ्चालनमा समस्या भइरहेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : २९ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर