सरकारको नीतिका कारण उद्योग व्यापार तंग्रिन नसकेकोले सुधार गर्न उद्योगी व्यवसायीको आग्रह « Khabarhub

सरकारको नीतिका कारण उद्योग व्यापार तंग्रिन नसकेकोले सुधार गर्न उद्योगी व्यवसायीको आग्रह


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योगी व्यवसायीहरूले सरकारको केही नीतिका कारण अझै पनि उद्योग व्यापार तंग्रिन नसकेकोले तत्काल ठोस सुधार गर्न आग्रह गरेका छन् ।  

विराटनगरमा आयोजित मोरङ उद्योग व्यापार संघको ६८ औँ साधारण सभामा उनीहरूले प्रमुख दुई राजनैतिक दलको दुई तिहाइको सरकार भएकाले आर्थिक एजेण्डालाई अब राष्ट्रिय एजेण्डा बनाउनुपर्ने र अर्थतन्त्र सुधारका लागि ठोस कदम चाल्न माग गरेका छन् ।

उनीहरूले केही महिना यता अर्थतन्त्रमा सुधार भए पनि बजार चलायमान हुन नसकेको गुनासो गरे । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आर्थिक रूपमा मुलुक सम्पन्न नभए सम्म मुलुक समृद्ध मान्न नसकिने भएकाले निजी क्षेत्रको सुझावलाई आत्मसाथ गरेर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उनले निजी क्षेत्रको सहकार्य र सहयोग विना मुलुकको अर्थतन्त्र समृद्ध नहुने कुरा सरकारले बुझेको र एकीकृत व्यापार रणनीति ल्याएको जानकारी दिए  । 

उनले सरकारले निजी क्षेत्रलाई अगाडि बढाउन क्रियाशील रहेकोले नै सरकारले केही ऐनहरू अध्यादेश मार्फत पारित गरेको उल्लेख गरे ।  

कार्यक्रममा सहभागी  उद्योगी व्यवसायीहरूले खुला सीमाका कारण भइरहेको अवैध व्यापार, लोडसेडिङ र केही उद्योगलाई लक्षित गरी कर प्रणाली हेरफेर जस्ता समस्याले उद्योग व्यापार सञ्चालनमा समस्या भइरहेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : २९ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट