काठमाडौं– यो साता अर्थात् वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) चार दिन मात्र कारोबार भयो ।
वैशाख २९ गते बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो ।
शुक्रबार र शनिबार नेप्से कारोबार नहुने भएकाले सातामा चार दिन मात्र बजार खुल्यो ।
चार दिन कारोबार भएको नेप्से ४९.७९ अङ्कले बजार घट्न पुग्यो । यो साता नेप्से पूरै ओरालो यात्रामा गयो । ‘वियरिश ट्रेण्ड’ पछ्याएको नेप्से कन्टिनियस डाउनट्रेण्ड हुँदा ३५ अर्बको कारोबार र झण्डै ५० अङ्कको गिरावट देखियो ।
अघिल्लो साताको बिहीबार अर्थात् वैशाख २५ गते २६६१.६४ विन्दुमा रहेको नेप्से परिसूचक यो सताको बिहीबारसम्म आइपुग्दा घटेर २६११.८५ विन्दुमा आयो ।
औसतमा दैनिक १२ अङ्कले नेप्से घट्यो । कारोबारको हिसाबले पनि यो साता सामान्य नै रह्यो । बजार निरन्तर घट्दै जाँदा दैनिक एक अर्ब रुपैयाँको कारोबार घट्दै गयो ।
चार दिनको अवधिमा ३५ अर्ब ६५ करोड ७४ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार हुँदा दैनिक औसतमा ८ अर्ब ९१ करोड ४३ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भयो । यो साता जम्मा ८ करोड १७ लाख ५९ हजार ३२६ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा २ करोड ४ लाख ३९ हजार ८३१ कित्ता शेयर कारोबार भयो ।
सातामा ३ लाख ८२ हजार ४७० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ९५ हजार ६१७ कित्ता शेयर कारोबार भयो । नेप्सेमा चार दिनको अवधिमा औसत ३१२ कम्पनी कारोबारमा आए ।
आइतबार ३०० कम्पनी कारोबारमा
नेप्से १२.५३ अङ्ककले घटेर २६९१ विन्दुमा पुग्यो । उक्त दिन नेप्से ०.४७ प्रतिशतले घट्दा नेप्से परिसूचक उच्चतम २६९२ विन्दु र न्यूनतम २६४८ विन्दुसम्म पुग्यो ।
आइतबार १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको २ करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ हजार ९९५ पटक किनबेच भयो । आइतबार दिनभरमा ३०० वटा मात्र कम्पनी कारोबारमा आए ।
सोमबार सार्वजनिक बिदा, मङ्गलबार १४.८७ अङ्कको गिरावट
सोमबार सार्वजनिक बिदा भएकाले कारोबार भएन । तर, मङ्गलबार भने नेप्से आइतबारको तुलनामा बढी अङ्कले घट्यो ।
मङ्गलबार नेप्से १४.८७ अङ्कले घटेर परिसूचक २६३४ विन्दुमा आयो । उक्त दिन नेप्से ०.५६ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६६९ विन्दु र न्यूनतम २६३२ विन्दुसम्म पुगेको थियो ।
नेप्से परिसूचक राताम्य भएसँगै करोबार पनि एक अर्ब रुपैयाँको गिरावट आयो । मङ्गलबार दिनभरमा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर १ लाख २ हजार ४४५ पटक शेयर किनबेच भयो । दिनभरमा ३१४ वटा कम्पनी कारोबारमा आए ।
बुधबार ओरालो यात्रा कायमै
नेप्सेको ओरालो यात्रा बुधबार पनि रोकिएन । बुधबार नेप्से १३.९६ अङ्कले घटेर २६२० विन्दुमा आयो । उक्त दिन नेप्से ०.५३ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६४२ विन्दु र न्यूनतम २६१९ विन्दुसम्म आएको थियो ।
सातामा तेस्रो दिन पनि नेप्से परिसूचकमा गिरावट आउँदा बुधबार कारोबारमा एक अर्ब रुपैयाँको गिरावट आयो । बुधबार ३१५ वटा कम्पनी कारोबारमा आउँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर १ लाख १२ हजार ५७७ पटक किनबेच भयो ।
बिहीबार एक अर्ब रुपैयाँको गिरावट
साताको अन्तिम कारोबार पनि नेप्सेमा गिरावट नै देखियो । बिहीबार नेप्से ८.४१ अङ्कले घट्दा परिसूचक २६११ विन्दुमा पुग्यो ।
बिहीबार नेप्से ०.३२ प्रतिशतले घट्दा परिसूचक उच्चतम २६२८ विन्दु र न्यूनतम २६०५ विन्दुसम्म आयो ।
बिहीबार पनि कारोबारमा एक अर्ब रुपैयाँको गिरावट आयो । उक्त दिन ३२० वटा कम्पनी कारोबारमा आउँदा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर ७८ हजार ४९३ पटक किनबेच भयो ।
प्रतिक्रिया