रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन « Khabarhub

रवीन्द्र मिश्रले भने- मविरुद्ध राज्य नै लाग्यो, हाजिरी जमानीमा छुट्दैमा खुसी छैन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले बिहीबार अपरान्ह थुनामुक्त गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनवाइ सकिएपछि यस्तो आदेश भएको उपरजिष्ट्रार निराजन पाण्डेले बताएका छन् ।

सर्वोच्चको आदेशअनुसार पक्राउ परेको ४९ औँ दिनमा छुट्दै गर्दा मिश्रले सर्वोच्च परिसरमा चैत १५ गतेको घटनामा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली दिए ।

‘त्यो सोचेको कुरा पनि होइन, ममाथि आरोप लगाएको जस्तो पनि होइन । ठूलो आन्दोलन भएपछि आयोजक र सरकारको नियन्त्रणमा हुँदैन’, उनले भने, ‘मैले त बारम्बार शान्तिपूर्ण संक्रमणमार्फत् नवीन समझदारीमा जाऊँ भनेको थिएँ ।’

उनले आफू अहिले हाजिरी जमानीमा छुटेकाले खुसी हुनुपर्ने अवस्था नरहेको बताए । ‘म खाली हाजिरी जमानीमा छुटेको हुँ । म खुसी हुने पक्षमा छैन’, उनले भने, ‘राज्य मविरुद्ध लागेको छ । यो राजनीतिक हुकुम प्रमाङ्गी प्रयोग गरिएको हो भनेर मेरो पक्षमा बहस गर्ने अधिवक्ताहरूले पनि भन्नु भयो ।’

उनले अहिलेसम्म पार्टी र पार्टीभन्दा बाहिर रहेका विदेशमा रहेका शुभेच्छुकले विश्वास गरेर रवीन्द्र मिश्रबाट यस्तो हुन सक्दैन भनेकोमा पनि आभार व्यक्त गरे ।

‘राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनका लागि काम गरेकै हो, मैले राजनीतिक उपद्रो गरेको छैन’, उनले भने, ‘मैले बन्दी प्रत्यक्षीकरणलाई सहज रुपमा लिएको भए सुरूमै सर्वोच्च अदालतमा आउँथे । सघाउँछु भनेर सघाएकै हो तर राज्य फसाउन लागेपछि ४७ औँ दिनमा बन्दी प्रत्यक्षीकरण रिट हालेको हो ।’

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ५५ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।