डेढ घण्टामै ५० आतंककारीको घुसपैठलाई विफल बनायौँ : भारत « Khabarhub

डेढ घण्टामै ५० आतंककारीको घुसपैठलाई विफल बनायौँ : भारत


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले पाकिस्तानका आतंकवादीविरुद्ध थालेको अपरेशन सिन्दूरका क्रममा बीएसएफले जम्मू कश्मीरको साम्बा सेक्टरमा पाकिस्तानको ठूलो घुसपैठको प्रयासलाई विफल पारेको थियो ।

बीएसएफका डीआईजी एसएस मण्डले मे ८ मा ४५–५० आतंककारीहरूको ठूलो समूह पाकिस्तानबाट घुसपैठ गर्ने प्रयास गरिरहेको बताए । तर पहिले नै सतर्क रहेको बीएसएफले उनीहरूलाई समयमै समातेको उनले बताए ।

डीआईजीले भने, ‘हामीले पहिले नै परिस्थितिको युद्ध–खेल गरिसकेका थियौं। जब शत्रु अगाडि बढ्यो, हाम्रा सिपाहीहरूले सटिक र भारी गोलीबारी गरे । डेढ घण्टामा हामीले उनीहरूका धेरै बंकरहरू ध्वस्त पार्यौं र उनीहरूको शक्ति कमजोर पार्यौं ।’

उनले यस अपरेशनमा महिला सैनिकहरूले पनि समान रूपमा भाग लिएको बताए । ‘हाम्रा महिला सिपाहीहरूले पनि जिम्मेवारी लिए र हरेक आदेशलाई पूर्ण शक्तिका साथ पालना गरे। हामीलाई उहाँमाथि गर्व छ’, डीआईजीले भने, ‘यदि शत्रुले फेरि कुनै चाल देखायो भने बीएसएफले पहिलेभन्दा बढी बल प्रयोग गरी जवाफ दिनेछ।’

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : २२ बजे

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी

फागुन २१ को सन्देश- देश बनाउने र जलाउनेबीचको जनमतसंग्रह

आगामी फागुन २१ मा हुने निर्वाचनमा केवल प्रतिस्पर्धी दलका रूपमा

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक