डेढ घण्टामै ५० आतंककारीको घुसपैठलाई विफल बनायौँ : भारत « Khabarhub

डेढ घण्टामै ५० आतंककारीको घुसपैठलाई विफल बनायौँ : भारत


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतले पाकिस्तानका आतंकवादीविरुद्ध थालेको अपरेशन सिन्दूरका क्रममा बीएसएफले जम्मू कश्मीरको साम्बा सेक्टरमा पाकिस्तानको ठूलो घुसपैठको प्रयासलाई विफल पारेको थियो ।

बीएसएफका डीआईजी एसएस मण्डले मे ८ मा ४५–५० आतंककारीहरूको ठूलो समूह पाकिस्तानबाट घुसपैठ गर्ने प्रयास गरिरहेको बताए । तर पहिले नै सतर्क रहेको बीएसएफले उनीहरूलाई समयमै समातेको उनले बताए ।

डीआईजीले भने, ‘हामीले पहिले नै परिस्थितिको युद्ध–खेल गरिसकेका थियौं। जब शत्रु अगाडि बढ्यो, हाम्रा सिपाहीहरूले सटिक र भारी गोलीबारी गरे । डेढ घण्टामा हामीले उनीहरूका धेरै बंकरहरू ध्वस्त पार्यौं र उनीहरूको शक्ति कमजोर पार्यौं ।’

उनले यस अपरेशनमा महिला सैनिकहरूले पनि समान रूपमा भाग लिएको बताए । ‘हाम्रा महिला सिपाहीहरूले पनि जिम्मेवारी लिए र हरेक आदेशलाई पूर्ण शक्तिका साथ पालना गरे। हामीलाई उहाँमाथि गर्व छ’, डीआईजीले भने, ‘यदि शत्रुले फेरि कुनै चाल देखायो भने बीएसएफले पहिलेभन्दा बढी बल प्रयोग गरी जवाफ दिनेछ।’

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : २२ बजे

होर्मुज जलडमरूमध्ये पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी