आज २०८२ साल असार २ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल असार २ गते सोमबारको राशिफल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार २ गते सोमबार। असार कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन १६ तारिख। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रमको सम्मान हुनेछ। राज्यको तर्फबाट जिम्मेवारी प्राप्त हुनेछ। काममा हौसला प्राप्त हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले तपाईंको आजको दिन सफल बन्नेछ। लामो दूरीको यात्रा फलदायी हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने समय छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ।

मिथुन : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। मन शान्त बन्ने छ। खानपानमा ख्याल नगर्दा आकस्मिक रोग बढ्ने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारबाट खुशी मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्य गरेर व्यापारमा लगानी गरेको भए नाफा हुनेछ। शिक्षामा प्रगति हुने योग छ।

सिंह : रोगमाथि विजय प्राप्त गर्ने दिन छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। यात्रामा खर्च बढ्ने भएकाले सचेत बन्नुपर्ने समय छ। कामको बोझ थपिने छ। परिवारमा खटपटी बढ्ने खतरा छ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सफल बन्दा मन प्रशन्न बन्नेछ। रचनात्मक कलाकारितामा मन जानेछ। कलाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : मन अशान्त बन्ने जोखिम छ। परिवारमा धेरै तर्क नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा लगानीले उचित मूल्य पाउने योग छ। पूर्वको लामो एकल यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : आफन्तको आगमनले मन हर्षित हुनेछ। आफूले गरेका काम सफल बन्दा मनमा उत्साह थपिने छ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। साथीको साथमा काम बन्ने छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परिवारबाट सुख र शान्ति मिल्ने योग छ।

मकर : दिन राम्रो छ। सोचेका काम बन्ने छन्। स्वास्थ्यमा सुधार हुनेछ। बौद्धिक व्यक्ति विपक्षी भएकाले कुरा गर्दा सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। धार्मिक व्यक्तिसँग समय बिताउनु उचित हुनेछ। राज्यको तर्फबाट भय बढ्नेछ। तपाईंको काममा परिवारको साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। सन्तानको प्रगतिले मन खुशी हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्ने देखिन्छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ०१ बजे

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज– बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा पर्ने सिधनियाघाटस्थित

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते