इरान-इजरायल युद्ध : दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड | Khabarhub Khabarhub

इरान-इजरायल युद्ध : दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

तेहरान – शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै पक्षको थप क्षति भएको छ। आइतबार राति इजरायली आक्रमणका कारण इरान रेभुलेसनरी गार्डका गुप्तचर प्रमुख मोहम्मद काजेमीको ज्यान गएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार यता दुई सय २४ जना इरानीको ज्यान गएको छ। तेहरानमा सबैले सहर छाड्न थालेका छन्। सहर छोड्नेको संख्याले त्यो क्षेत्रमा मानिसको भीड बढेको छ।

यसैगरी, हाइफा र तेल अभिभमा भएको इरानको आक्रमणबाट १० जना भन्दा बढी इजरायली घाइते भएका छन्।

शुक्रबार इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचना तथा मानव बस्ती भएको क्षेत्रमा नै प्रहार गरेपछि शनिबार इरानले बालिस्टिक मिसाइलको प्रहार सुरु गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। क्यानडामा जी–७ बैठकमा सहभागी हुन जानुअघि पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

इरानले आक्रमण भइरहेको समयमा वार्ता सम्भव नहुने बताएको छ। इरानले कतार र ओमानका मध्यस्थ कर्तासँग सो कुरा बताएको रोयटर्सले उल्लेख गरेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणको लक्ष्य अन्य नभएर आणविक हतियार बनाउनबाट रोक्नु भएको बताएका छन्। इरानले गरेको आक्रमणबाट १० जना इजरायलीको ज्यान गएको दाबी गरिएको छ। इजरायल र इरान युद्धका कारण सोमबार पनि विश्व बजारमा तेलको मूल्य बढेको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ५६ बजे

प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे

काठमाडौं– बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत

शक्तिपूजाको इतिहास कसरी सुरु भयो ?

नारीलाई शक्तिको रूपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा

सत्य, धर्म र न्यायको विजयको प्रतीक दशैँ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको