सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन ! | Khabarhub Khabarhub

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !



छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर काठमाडौँ जिल्ला अदालत पुगेका छन्। उनीहरुले २०५५ सालमा बिहे गरेका थिए। त्यसको एक वर्षमा २०५६ सालमा छोराको जन्म भयो। सन्तान जन्मिएपछि उनीहरुबीचको सम्बन्ध सौहार्द हुन सकेन। अन्ततः छोराको संरक्षकत्व आमाले लिने गरी आफ्नो र छोराको अंश लिएर अलग भइन्।

समय बित्दै जाने क्रममा छोरा हुर्कदै गयो। उसले समाज, सामाजिक अस्तित्व र परिवार बुझ्दै गयो। उसले आमाबुवालाई मिलेर बस्ने कुरा गर्न थाल्यो। आफूलाई बाआमा दुवैजना सँगै चाहिने माग गर्न थाल्यो। आमाले सबै कुरा पुर्याए पनि छोराले बुवाको अभाव दशाईरह्यो। सधै उसले बुवासँग पुनः विवाह गर्न भनिरह्यो। छोराको कुराले आमाभित्र पनि हिजोको दिनमा उसको बुवासँग सम्बन्धविच्छेद गरेर गल्ती गरेको महसुस हुँदै गयो।

२०७९ सालदेखि उनीहरु एकअर्कालाई पति पत्नी स्विकार गरी सँगै बस्न थाले। सँगै बसे पनि उनीहरुले विवाह दर्ता भने गराएका थिएनन्। सँगै बस्ने क्रममा त्यही वर्ष पतिको कालिमाटीमा सडक दुर्घटना भयो। ट्रिपरले हानेपछि उनी लामै समय अस्पताल बस्नुपर्यो। साथै, दुर्घटनाका कारण उनको मानसिक सन्तुलनसेमत ठीक रहेन।

लामो समयमो उपचार र श्रीमतीको हेरचाहले उनी ठीक त भए। तर ठीक भएपछि केही समय पहिले सम्बन्धविच्छेद भएकाले श्रीमतीसंगको सहयात्राबारे विभिन्न शंका आशंकाका विषय बहसमा आए। सतहमा रहेका उक्त विवाद मिलेपछि उनीहरु हाल कानुनी रुपमै पति पत्नि कायम हुन अदालत आइपुगेका छन्।

व्यक्तिगत गोपनीयताको ख्याल राख्दै खबरहबले उक्त जोडीको परिचय खुलाउनुका साथै, मुद्दा नम्बर उल्लेख गरेको छैन।
मन नमिलेपछि पति पत्नी सम्बन्धविच्छेद गरेर अलग भएर बस्न सक्ने कानुनी अधिकार छ। नेपाली समाजमा डिभोर्सलाई राम्रो मानिदैन। डिभोर्स गर्नेलाई हेयको दृष्टिले हेरिन्छ। अझ डिभोर्सी महिलालाई अपहेलना गरिन्छ। त्यसकारण पनि अति कष्टमय सम्बन्ध पनि महिलाहरुले निभाउँदै आएका छन्।

तर पछिल्लो समय समाज केही खुकुलो हुँदै गएको छ। पति पत्नी एकै घरको छतमुनि बसेर एकअर्कालाई अथाह घृणा गर्नुभन्दा अलग हुनै उचित हुन्छ। कतिपय अवस्थामा सम्बन्ध बिग्रदै गएपछि अपराधमासमेत उत्रिएका छन्। त्यस्तो हुनुभन्दा डिभोर्स गरेर अलग हुनु उत्तम हुन्छ। डिभोर्सपछि केही जोडीले निकै राम्रो र सफलतम जीवन व्यतीत गरेको समाजमा उदाहरण देख्न सकिन्छ।

डिभोर्स पति पत्नीमध्ये एक अत्यन्त खराब भएर मात्रै हुँदैन। असमझदारी बढ्दै जाँदा राम्रै जोडी पनि अलग हुन पुग्छन्। त्यस्ता जोडीहरु पछि गएर आफ्ना गल्ती स्वीकार गर्दै पश्चातापमा पुग्छन्। एक मिनेट पनि बस्न सक्दिन भनेको मान्छेसँग स्नेह टुट्दैन। क्षणिक आवेग र घृणाले छुट्टिए पनि एक अर्काप्रतिको माया छुट्दैन।

त्यसैको फलस्वरुप यतिबेला काठमाडौँ जिल्ला अदालतमा केही जोडी पुनः विवाहको लागि आइपुगेका छन्। सम्बनधविच्छेद गरेपछि पुनः विवाह गर्न मिल्छ वा मिल्दैन ? मिल्छ भने यसको प्रक्रिया के हुन्छ ? यस विषयमा हामीले अधिवक्ता अनु भट्टराईसँगको कुराकानीको सम्पादित अंश :

सम्बन्धविच्छेद गरेपछि पुनः त्यही जोडीले विवाह गर्न मिल्छ वा मिल्दैन ?
मुलुकी देवानी संहिता २०७४ को दफा ६० मा विवाह हुन सक्ने चारवटा प्रावधान छन्। जसमध्ये (ग) मा पुरुष र महिला दुवैको वैवाहिक सम्बन्ध कायम रहेको अवस्था रहेमा पुन विवाह गर्न सक्ने व्यवस्था रहेको पाइन्छ। अर्को, सोही संहिताको दफा ८३ मा पुन विवाह गर्न सक्ने अवस्था सम्बन्धि ३ वटा प्रावधान रहेको छ।
जसअन्तर्गत (क) मा वैवाहिक सम्बन्धको अन्त्य भएको (२४) मा पति वा पत्नीको मृत्यु भएकोमा २ (ग) मा पति वा पत्नीले कानुन बमोजिम अंश लिई छुट्टिएको वा भिन्न बसेको अवस्थामा त्यही पुरुष वा त्यही महिला वा अन्य कुनै पुरुष र महिलासँग पुन विवाह गर्ने छुट कानुनले दिएको छ।

सम्बन्धविच्छेद गरेपछि पुनः त्यही जोडीले विवाह गर्ने प्रक्रिया के हुन्छ ?
मुलुकी देवानी संहिता २०६४ को दफा ६६ बमोजिम उक्त जोडीले दर्ताद्वारा विवाह गर्न सक्छन्। जस अन्तर्गत पहिलो विवाह गर्नेले पालना गर्नुपर्ने कानुनी प्रक्रिया नै पुरा गर्नुपर्दछ। तर पहिलोपटक विवाह गर्ने जोडीको हकमा अविवाहितको सिफारिस सम्बन्धित वडाबाट ल्याउनुपर्छ। सम्बन्धविच्छेद भएकाले पुन विवाह गर्दा सम्बन्धविच्छेद भई वैवाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा खुल्ने कानुनी कागज पेश गर्नुपर्दछ।

पहिले गरेको सम्पतिको अंशवण्डा के हुन्छ ?
मुलुकी देवानी संहिता २०६४ को दफा २०५ मा पति पत्नी, बावु, आमा, छोराछोरी सबैलाई अंशियार मानिने कानुनी व्यवस्था छ। त्यसैगरी दफा २०६ मा अंशको समान हकदार हुने व्यवस्था गरी महिला गर्भवती हुँदाको समयमा अंशवण्डा भएमा सो शिशु नजन्मदै अंशियार हुन्छ।

त्यसैगरी विशेष अवस्थामा भए पनि पति वा पत्नीले अंश लिई भिन्न हुनसक्ने व्यवस्था दफा २१३ ले गरेको छ। तर यस व्यवस्था अन्तर्गत पतिले पत्नी र पत्नीले पतिलाई घरबाट निकाली दिएमा र शारीरिक वा मानसिक यातना दिएको अवस्थामा मात्रै भन्ने प्रावधान रहेको छ।

अर्को दफा ९९ ले सम्बन्धविच्छेद गर्नुअघि अंशवण्डा गर्नुपर्ने प्रावधान सम्बन्धी व्यवस्था गरेको भए पनि त्यही पति वा पत्नीबीच वैवाहिक सम्बन्ध कायम भएमा के गर्ने ? भन्ने सम्बन्धी स्पष्ट व्यवस्था नभएको भए पनि कानुनले कुनै पनि व्यक्तिलाई पैत्रिक सम्पत्ति लिनबाट वञ्चित नगरेको अवस्थामा सो सम्पत्ति संगोलमा नभएका व्यक्तिहरुको नै हुन्छ।

नेपाली समाजमा पुन : विवाह भएको छ ?
छ, हालै मैले एउटा त्यस्तो मुद्दा हेरिरहेकी छु। जुन मुद्दा अदालतमै छ। विचाराधीन मुद्दा भएकाले परिचय खुलाउन चाहन्न। मेरो पक्षले निजी प्रतिवादी पतिसँग २०५५ विवाह गरी २०५६ सालमा एक छोरा जन्मिएको छ। २५ माघ २०६५ मा अंशसहित सम्बन्धविच्छेद गरेको छ। २४ जेठ २०६८ मा जग्गाको पूर्जा लिएको छ।

विचाराधीन मुद्दा भएकाले परिचय खुलाउन चाहन्न। मेरो पक्षले निजी प्रतिवादी पतिसँग २०५५ विवाह गरी २०५६ सालमा एक छोरा जन्मिएको छ। २५ माघ २०६५ मा अंशसहित सम्बन्धविच्छेद गरेको छ।

२०६९ जेठ १ गतेदेखि निज पूर्वपतिसँगै बस्दै आएकी छिन्। पुन विवाह गरेर निजसँग बस्दै आएको कारण देखाउदै उनले नाता कायमको लागि कानुनी प्रक्रियाको लागि आएकी छिन्। हाल निजहरु छोरासहित हाँसीखुसी सँगै बस्दै आएको अवस्था छ।

राजीखुशी सम्बन्धविच्छेद गरेको जोडी पुनः विवाहको अवस्थामा कसरी पुग्छ ?
सम्बन्धविच्छेद भइसकेपछि पुनः त्यही जोडीले विवाह गर्ने गरेको मुद्दा धेरै नै कम भेटिन्छन्। व्यक्तिगत तर त्यहि व्यक्तिसँग पुनः विवाह गर्न पनि व्यक्ति–व्यक्ति अनुसार फरक–फरक आधार र कारण हुन सक्छन्। तर मैले हेरिरहेको केसहरुलाई आधार मानेर भन्ने हो भने प्रमुख दुई वटा कारण पाएकी छु।

पहिलो कारण पुरुषको आर्थिक स्थायित्व नहुनु हो। आर्थिक रुपले स्थायित्व भए पनि केहीमा परिपक्वताको अभाव देखिन्छ। सानो उमेरमा विवाह गर्नु अपरिपक्वताले लिएको निर्णय हुन्छ। दुवैले गल्ती स्विकार नगर्ने देखिन्छ।

सम्बन्धविच्छेद भइसकेपछि पुनः त्यही जोडीले विवाह गर्ने गरेको मुद्दा धेरै नै कम भेटिन्छन्। व्यक्तिगत तर त्यहि व्यक्तिसँग पुनः विवाह गर्न पनि व्यक्ति–व्यक्ति अनुसार फरक–फरक आधार र कारण हुन सक्छन्।

तर यावत कुराहरु हुदाँहुँदै पनि दुवैबीच अथाह प्रेम र श्रद्धा नटुटेको कारण केही जोडीले सम्बन्धविच्छेद पछि पनि पुनः विवाह गरेका छन्। पहिले सम्बन्धविच्छेद गर्नुको कारण समझदारीको अभावमा भएको देखिन्छ।

पुनः विवाह गरेपछि कस्तो सम्बन्ध रहेको पाउनुभएको छ ?
एकपटक सम्बन्धविच्छेद भएको व्यक्तिसँग पुनः विवाह गर्ने निष्कर्षमा पुग्नु भनेको सामान्य भन्दा अलि बढी सोचेर निर्णय गर्ने भएको कारण पनि हो। उनीहरुबीच पुन विवाद हुन सक्ने सम्भावना कमै रहन्छ। पुन विवाहसम्म आइपुग्दा उनीहरुमा परिपक्वता आइसकेको कारण पनि त्यो सम्भावना कम रहेको हुन्छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : १९ बजे

नेदरल्यान्ड्सले नेपाललाई दियाे १५३ रनको लक्ष्य

स्कटल्याण्ड – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही