सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण | Khabarhub Khabarhub

सिकलसेल एनिमिया पहिचान गर्न रगत परीक्षण


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि शुक्लाफाँटा नगरपालिकाले उच्च प्राथमिता दिएको छ । यसैक्रममा शुक्लाफाँटा– ११ कलुवापुरमा निःशुल्क रगत परीक्षण आयोजना गरिएको छ । निःशुल्क रगत परीक्षण स्वास्थ्य शिविरमा एक सय १६ महिला र ६४ पुरुषको शिविरमा रगत परीक्षण गरिएको छ ।

ती मध्ये १४ जनामा सिकलसेलको ट्रेट (बाहक) फेला परेको छ । सिकलसेल एनिमिया भए नभएकोबारे ट्रेट देखिएकाको रगत प्रयोगशालमा पुनः परीक्षण पश्चात यकिन हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । उनका अनुसार ट्रेट देखिएकामा नौ जना महिला र पाँचजना पुरुष रहेका छन ।

‘६ वर्षीय बालकदेखि ६५ वर्षीय महिलामा सिकलसेल एनिमियाको ट्रेट देखा परेको छ’ उनले भने, ‘यस अघि ती व्यक्ति र तीनका परिवारको सिकलसेल एनिमियासम्बन्धी स्क्रिनिङ टेष्ट भने भएको पाइएको छैन ।’

सिकलसेल ट्रेट देखिएका व्यक्तिलाई शिविरमा रहेका चिकित्सकहरुले आवश्यक परामर्श दिएका छन । सिकलसेल एनिमियासम्बन्धीको कुन्डली हेरेर मात्रै विवाह गर्न शिविरमा सहभागीलाई सुझाव दिइएको छ । यसअघि नगरपालिकाका छ वडामा छुट्टाछुट्टै रुपमा सिकलसेल एनिमिया पहिचानका लागि आयोजना गरिएका शिविरमा एक सय २६ जनामा सिकलसेलको ट्रेट फेला परेको थियो ।

स्वास्थ्य शाखा प्रमुख भट्टका अनुसार सिकलसेल एनिमिया अनुवांशिक रक्त विकार भएकाले जसमा रगतमा पाइने रातो रक्तकोषको बनावट असामान्य हुन्छ । सामान्य अवस्थामा यी कोष गोलाकार र लचिलो हुन्छन्, तर सिकलसेल एनिमियामा ती कोष अर्धचन्द्र (सिकल) आकारका र कडा हुने गरेका छन् ।

अर्धचन्द्र आकारका विकृत कोष रक्तनलीहरूमा अड्किन गई रगतको प्रवाह अवरुद्ध गर्दा बिरामीलाई पीडा हुने गरेको पाइएको छ । अर्धचन्द्र आकारका रक्तकोष छोटो समयमै नष्ट हुने हुँदा बिरामीलाई रक्तअल्पता (थकान, कमजोरी) गराउँछ । उनले अङ्ग क्षति दीर्घकालीन असरले मुटु, फोक्सो, मिर्गौला, कलेजो जस्ता अङ्गमा क्षति पु¥याउन सक्ने बताए ।

यो रोग आमा बुवाबाट बालकमा अनुवांशिक रुपमा सर्ने गर्दछ । सिकलसेल ट्रेट भनेको सिकलसेल एनिमियाको लक्षणलाई जनाउँछ ।

सिकलसेल टे«ट आफैँमा रोग होइन, तर रक्त परीक्षणमार्फत थाहा पाउन सकिन्छ । सिकलसेल एनिमिया विशेष गरी थारु समुदायमा बढी देखिने गरेको छ । महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा सिकलसेल रोगको उपचार सेवा उपलव्ध रहेको छ । (रासस)

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १० : १९ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।