रास्वपाका नेताहरूसँग सभामुखको आग्रह : 'संसदलाई बन्धक नबनाऔँ’ | Khabarhub Khabarhub

रास्वपाका नेताहरूसँग सभामुखको आग्रह : ‘संसदलाई बन्धक नबनाऔँ’


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

सभामुखको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटमा संसदको अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भएको उल्लेख गर्दै बजेटबारे ब्यापक छलफल गर्नुपर्ने समयमा संसद अवरुद्ध हुँदा जनतामा गलत सन्देश जाने भन्दै यसबारेमा विचार गर्न आग्रह गरेका थिए । 

उनले भने, ‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ । राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नै पर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ ।’

उनले सरकारसँग संवादका लागि आवश्यक सहजीकरणका लागि आफू तयार रहेको भन्दै गम्भीर भइदिन आग्रह गरे ।

रास्वपा नेताहरूले भने आफ्ना माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध बाध्यात्मक भएको बताएका थिए । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको उनीहरूको जवाफ थियो । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : २७ बजे

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

गण्डकी– नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा

सामाजिक सुरक्षा कोष र नेपाल बारबीच सम्झौता

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका