नारायणकाजीले भने- अहिलेको सरकार भ्रष्ट र निरंकुश हो, भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो « Khabarhub

नारायणकाजीले भने- अहिलेको सरकार भ्रष्ट र निरंकुश हो, भ्रष्टाचारी जोगाउन माओवादीको सरकार ढालियो


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन् । 

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद रितबहादुर खड्का प्रतापको १३औँ स्मृति कार्यक्रममा श्रेष्ठले विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाइ भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका हुन् । 

त्यस्तै उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने स्पष्ट पारे । 

माओवादी सरकारमा रहँदा सुशासन कायम गर्ने निकै महत्त्वपूर्ण काम गरेको त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उनले बताए । 

श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको आरोप समेत लगाए । सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरू सल्बलाइरहेको उनले बताए ।  

श्रेष्ठले अबको दुई वर्ष पुरै जनतासँगको अभियानमा केन्द्रित भएर निर्वाचनको तयारी गर्ने र र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको धारणा राखे । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै