राजेन्द्र लिङदेनले भने- जबरजस्ती सदन चलाए बहिष्कार गर्छौँ « Khabarhub

राजेन्द्र लिङदेनले भने- जबरजस्ती सदन चलाए बहिष्कार गर्छौँ


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी अवरोधका बीच संसद् अगाडि बढाइए आफूहरूले बैठक बहिष्कार गर्ने बताए पनि सभामुख देवराज घिमिरेले सदन अगाडि बढाएका हुन् । 

‘संसद्मा दुई वटा राजनीतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन् । विरोध जारी राखेको बेला जबरजस्त संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन,’ लिङदेनले बैठकको सुरुवातमा उपलब्ध गराइएको समयमा भने, ‘सभामुख स्वयम्का लागि पनि यो अरूले राम्रो देखेको विषय होइन । त्यसकारण समस्या समाधान नभई संसद् अवरुद्ध भइराखेको बेला जबरजस्त संसद् बढाउने काम नहोस् । जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन ।’

उनले बैठक बहिष्कार गरेका कारण आफ्नो दलले पाउने भत्ता राजश्वमा जम्मा हुने व्यवस्था गर्न पनि सभामुख घिमिरेसँग आग्रह गरे । 

‘हामी बैठक बहिष्कार गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘बहिष्कार गर्दा राप्रपाका सांसदको भत्ता राजश्वमा जमा हुने व्यवस्था होस् ।’

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १२ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै