बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य छैन : प्रमुख सचेतक परियार « Khabarhub

बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य छैन : प्रमुख सचेतक परियार


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बल प्रयोग गरेर सदन चलाउने कार्य स्वीकार्य नभएको बताएका छन् ।
 
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले भिजिट भिसा प्रकरणमा आफूहरूका माग सुनुवाइ नगरी सदन चलाउने कार्य आपत्तिजनक भएको बताए । 

‘भिजिट भिसा प्रकरणमा राज्यका धेरै संरचनाहरू संलग्न छन् । गृह प्रशासनको कुरा आएको छ । गृह प्रशासनअन्तर्गत अध्यागमन कार्यालयको कुरा आएको छ,’ उनले भने, ‘हामीले त्यसको जवाफदेहिता माग्दा आज हामीलाई यो सदनमा बल प्रयोग गरेर हामी कराई रहँदा पनि सदन चलाइरहने यो हुन सक्दैन ।’

प्रमुख सचेतक परियारले विगत लामो समयदेखि भिजिट भिसाको आवरणमा राज्यको संयन्त्रले नीति बनाएर गरिरहेको मानव बेचबिखनको कुरा आइरहँदा पनि सुनुवाइ नभएको बताए । 

‘यो राज्य जनताको लागि हो कि शासकहरूको लागि हो ? यो राज्य कसको लागि हो ? आफ्नै नागरिकलाई अनेक तिकडम गरेर, अनेक कानुन बनाएर, अनेक संरचना गरेर बेचबिखन गर्ने, तस्कर गर्ने यो राज्यलाई जवाफदेही कसले गराउने ?,’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : ०८ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु