राप्रपाबाट आज पनि संसद बैठक बहिष्कार, सभामुखले जबरजस्ती गरेको आरोप « Khabarhub

राप्रपाबाट आज पनि संसद बैठक बहिष्कार, सभामुखले जबरजस्ती गरेको आरोप


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारबीच प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । संसद् अगाडि बढेपछि राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।

त्यसअघि सभामुख घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइराखे आफूहरूले बहिष्कार गर्ने बताएका थिए ।

‘विरोध जारी राखेको बेला जबरजस्ती संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन,’ लिङदेनले भने, ‘समस्या समाधान नभइ संसद अवरुद्ध भइरहेको अवस्थामा जबरजस्ती बैठक अघि बढाउने काम नहोस् । जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइरहेको छ, यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन ।’

लिङ्देनले बैठक बहिष्कार गरेका कारण आफ्नो दलका सांसदले पाउने भत्ता राजश्वमा जम्मा हुने व्यवस्था गर्न पनि सभामुख घिमिरेसँग आग्रह गरे । ‘हामी बैठक बहिष्कार गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘बहिष्कार गर्दा राप्रपाका सांसदको भत्ता राजश्वमा जम्मा हुने व्यवस्था होस् ।’

यसैबीच भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको अर्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

सभामुख घिमिरेले भने सत्ता पक्षका सांसदहरूलाई बजेटमाथिको छलफल भाग लिन समय दिइरहेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  १ : २३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा