तेहरान- इजरायल र इरानबीचको संघर्ष चौथो दिन पनि जारी छ। आइतबार राति इजरायलले इरानको विदेश मन्त्रालयमाथि हमला गरेको छ ।
जसमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। यसअघि शनिबार इजरायली सेनाले इरानी रक्षा मन्त्रालयमा आक्रमण गरेको थियो।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भइसकेको छ । आक्रमणमा १,२७७ भन्दा बढी व्यक्ति घाइते भएका छन् । अमेरिकास्थित मानव अधिकार समूहले भने इरानमा ४०६ जनाको मृत्यु भएको दाबी गरेको छ।
आइतबार रातिको आक्रमणपछि सोमबार बिहान इरानले केन्द्रीय इजरायलमा ४ वटा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। ।
यस आक्रमणमा ५ जनाको मृत्यु भएको छ भने ९० जना घाइते भएका छन्। अहिलेसम्म इजरायलमा इरानी आक्रमणबाट २० जनाको मृत्यु र करिब ५०० जनाको चोटपटक भएको छ।
उता इरानबाट प्रहार गरिएको मिसाइल इजरायलको तेल अभिभस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै खस्दा भवनमा सामान्य क्षति पुगेको छ । अमेरिकी राजदूत माइक हकाबीले मिसाइल आक्रमणका कारण अमेरिकी कर्मचारीहरूमा कुनै चोटपटक नलागेको बताएका छन् ।
उनका अनुसार तेलअभिभमा अमेरिकी दूतावास नजिकै इरानी मिसाइल प्रहारका कारण सामान्य क्षति पुगेको हो । उनले जेरुलेमस्थित अमेरिकी दूतावास सोमबार बन्द रहने बताए ।
उता बेलायतको समुद्री सुरक्षा कम्पनी एम्ब्रीका अुनसार इजरायलको हाइफा बन्दरगाह नजिकको पावर प्लान्टमा आगलागी भएको छ। यहाँ इरानले ब्यालिष्टिक मिसाइल आक्रमण गरेको हो । इजरायलसँगको तनावकै बीचमा पावर प्लान्टमै इरानले मिसाइल हानेको हो ।
एमब्रेका अनुसार इजरायली सेनाले मिसाइल आक्रमणलाई रोक्ने प्रयास गरेको भिडियोमा देखेको बताएका छन् । तर पनि हाइपरसोनिक मिसाइल (ध्वनिको गतिभन्दा धेरै तीव्र गतिमा जाने मिसाइल) ले त्यहाँ आक्रमण गरेपछि आगो लागेको देखिएको उनीहरूले जनाएका छन् ।
इजरायली आक्रमणमा इरानी इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्स (आईआरजीसी) का जासुसी विभाग प्रमुख मोहमद काजमी मारिएका छन् । उनका उनका उप्रमुख हसन मोहकिक र अर्का अधिकारी मोहेसन बाघेरीको मृत्यु भएको छ । काजमीको मृत्युलाई इरानको सैन्य संरचनामा ठूलो क्षतिको रूपमा हेरिएको छ।
उता इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार तजाची हनेग्बीले इरानसँग अझै १० औँ हजार मिसाइल रहेको दाबी गरकेा छन् । ‘इरानसँग अझै अनुमानभन्दा धेरै ब्यालिस्टिक मिसाइल छन्’, उनले भने ।
पहिले २००० मिसाइल रहेको अनुमान गरिए पनि अहिले ५०० मात्र बाँकी भएको धारणा गलत भएको उनले बताएका छन् ।
ठूला घटना:
इजरायलले ‘अपरेशन राइजिङ लायन’ शुरू गर्यो –२०० लडाकु विमानबाट इरानमाथि हमला।
हमलामा इरानका १४ वैज्ञानिक र २० भन्दा बढी सैन्य कमाण्डर मारिए।
इरानले ‘ट्रू प्रमिस थ्री’ नाम दिएर ठूलो प्रतिआक्रमण गर्यो – सयौं मिसाइल प्रहार।
इरानी सर्वोच्च नेता खामेनेईमाथिको हमला योजना रोक्न ट्रम्पले हस्तक्षेप गरेको दाबी।
इजरायली राष्ट्रपति सुरक्षित स्थानमा सारिए।
इरानले इजरायलका ३ वटा एफ-३५ फाइटर जेट खसालेको दाबी।
इजरायलमा २१ जनाको मृत्यु, इरानमा २२४ जनाको।
ट्रम्पले दाबी गरे – छिट्टै इजरायल–इरानबीच शान्ति सम्झौता हुन्छ।
इजरायलले इरानको विश्वकै सबैभन्दा ठूलो पार्स ग्याँस फील्डमा हमला गर्यो।
इजरायलले इरानका विदेश र रक्षा मन्त्रालयमा सीधा आक्रमण गर्यो।
पढ्न लाग्ने समय : 2 मिनेट
प्रतिक्रिया