साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ? « Khabarhub

साउथ फिल्म खेल्न लागेका हुन् ऋतिक रोशन ?


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड कलाकारहरु अहिले धमाधम दक्षिण भारतीय फिल्म साइन गरिरहेका छन् । केहीले काम गरिसेके ।

नायिका दीपिका पादुकोण र अमिताभ बच्चनले गत वर्ष प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘कल्की’मा स्क्रिन नै सेयर गरेका थिए ।

आमिर खान र रणवीर कपुर जस्ता स्टार कलाकारहरुले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने निश्चित भएको सामाचार बाहिरिएका छन् ।

अब ऋतिक रोशनले पनि दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने पक्का भएको खबर बाहिरिएको छ । उनले साउथको ठूलो प्रोडक्सन कम्पनी ’होम्बाले फिल्मस्’को फिल्ममा काम गर्ने भएका हुन् ।

‘होम्वाले फिल्मस्’ ठूलो बजेटमा बनेका ‘केजीएफ’, ‘कान्तारा’, ‘सलार’ जस्ता ब्लकबस्टर फिल्म निर्माण गर्ने कम्पनी हो ।

‘होम्वाले फिल्मस्’ले सामाजिक सञ्जालमा ऋतिकलाई ट्याग गर्दै एक पोस्ट सार्वजनिक गरी उनीसँग सहकार्यको संकेत गरेको हो ।

उक्त पोस्टमा लेखिएको छ, ‘धैर्य, भव्यता र महिमाको कथा खुल्न लागेको छ… बिग ब्याङ सुरु हुन्छ।’

ऋतिकले पनि उक्त पोस्ट सेयर गर्दै लेखेका छन्, ‘यसको प्रतीक्ष गर्दैछु ।’

तर, ऋतिकले कुन फिल्म गर्न लागेका हुन् खुलाइएको छैन । धेरैले उनले ‘केजीएफ ३’मा खननायकको भूमिकामा देखिन लागेको अड्कल गरेका छन् ।

ऋतिकाका फ्यानहरु भने उनलाई साउथ फिल्ममा देख्न पाउने भएकाले अहिले नै उत्साहित भएका छन् । उनीहरुले सामाजिक सञ्जालमा ‘ह्यासट्याग’ क्यापेन नै चलाएका छन् ।

हाल भने ऋतिकको फिल्म ‘वार २’ प्रदर्शनको तयारीमा छ । यसको प्रदर्शन मिति अगस्ट १४ लाई तोकिएको छ ।

उनी एकदमै स्क्रिप्ट छानेर फिल्म गर्ने नायकमा गनिन्छन् । उनले मुस्किलले वर्षमा एक फिल्म गर्छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ०८ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने