पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

गुल्मी– पहिरोका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत जिल्लाको कालीगण्डकी गाउँपालिका–६ स्थित बरल्वामा आज अपराह्‍न सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए। 

सडक अवरुद्ध बनेपछि कालीगण्डकी करिडोरअन्तर्गत गुल्मी सडकखण्डमा दुवै तर्फका लामो तथा छोटो दूरीका सम्पूर्ण सवारीसाधनहरूबीच बाटोमै अलपत्र परेका छन् ।
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ३३ बजे

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ?

काठमाडौँ– कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६

तीनकुनेबाट भारततिर भागेका प्रसाईं भन्छन्- मेरो शासनमा कुनै नेताले भाग्ने मौका पाउँदैनन्

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका

लिङ्देनलाई ‘गाली’ गर्दै पार्टी खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं– गत चैत १५ पत्रकार सुरेश रजक र यातायात मजदुर