झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेपनि नेप्से भने २.८० अंकले मात्रै बढेको हो ।

सोमबार नेप्सेमा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार सात सय ४२ रुपैयाँको कारोबार हुँदा नेप्से २६५८.६६ अंकमा पुगेको छ । सोमबार नेप्सेमा शेयर कारोबार हुँदा १२४ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो भने १२४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो ।

आज नेप्से झिनो अंकले वृद्धि भएपनि वित्त, हाइड्रो, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ र अन्य उपसमूहको सूचकांक घट्न पुगेको छ । तर, बैंकिङ विकास बैंकिङ, होटेल तथा टुरिजम, लाइफ इन्स्योरेन्स, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको सूचकांक भने बढेको छ ।

आजको शेयर कारोबारमा पियोर इनर्जी लिमिटेडका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने उपर हेवाखोला हाइड्रोपावरको शेयर कारोबारीले सबैभन्दा धेरै गुमाएका छन् । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ३६ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको