निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे | Khabarhub Khabarhub

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको सञ्चार आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘विकासका लागि संस्कृति’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले गहिरो अध्ययन र आत्मसमीक्षा नगर्दा समाजले स्पष्ट दिशा पाउन नसकेको उल्लेख गरे।  

उनका अनुसार निराशा फैलिँदा किशोरहरूको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने र त्यसले पलायनको वातावरण सिर्जना गर्ने खतरा बढेको छ। त्यसैले, उनले भने, ‘निराशा होइन, आशा सञ्चारको वातावरण बनाउनु आवश्यक छ।’

समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय अपरिहार्य रहेको मन्त्री पाण्डेले जोड दिए।  

उनले सतही विश्लेषणका कारण समाजमा निराशा बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने, ‘संस्कृति भनेको केवल अभौतिक होइन, विकास भनेको भौतिक र अभौतिक दुबै आयामलाई समेट्ने प्रक्रिया हो। त्यसैले विकास सबैका लागि कल्याणकारी हुनुपर्छ।’

फरक प्रसङ्गमा मन्त्री पाण्डेले द्वन्द्व व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गरे तापनि त्यसको अन्तिम रूपान्तरण नेपालीहरूले नै गरेको उल्लेख गर्दै देशमा आशाको माहोल निर्माण गर्नु अहिलेको आवश्यकता भएको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ३ : ५६ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका