‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’ « Khabarhub

‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । 

मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समीक्षा तथा प्रशंसा-पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए।

उनका अनुसार आईटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। 

‘यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि  थप गतिविधिहरू बढाउन आवश्यक छ’, मन्त्री गुरुङले भने। 

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क(डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरे ।

‘सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।’

मन्त्रालयका सचिव राधिका अर्यालले आईटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आईटी इन्टर्नसिपको लागि बजेट नै छुट्याएको बताए।

कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिए। 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै