‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’ « Khabarhub

‘सूचना प्रविधि क्षेत्रको विकास गर्न तीन तहका सरकारबीच सहकार्य जरुरी’


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन् । 

मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समीक्षा तथा प्रशंसा-पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए।

उनका अनुसार आईटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। 

‘यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि  थप गतिविधिहरू बढाउन आवश्यक छ’, मन्त्री गुरुङले भने। 

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क(डिएनएफ) को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरे ।

‘सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।’

मन्त्रालयका सचिव राधिका अर्यालले आईटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आईटी इन्टर्नसिपको लागि बजेट नै छुट्याएको बताए।

कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिए। 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ५७ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा