पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते  | Khabarhub Khabarhub

पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इरानले इजरायलमा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपतकालीन सेवाले सोमबार बताएको छ ।

मध्य इजरायलका चार वटा स्थलमा भएका आक्रमणमा हताहत भएको एमडिएले एक विज्ञप्तिमार्फत जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुषका साथै एक थप समावेश छन् ।  

अहिलेसम्म एमडिए टोलीहरूले ९२ जना घाइतेलाई अस्पतालमा लगेका छन् । जसमा एक महिलाको अवस्था गम्भिर अवस्थामा रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ । एमडिएले चारमध्ये दुई स्थानमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

इजरायलले इरानमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका थिए । इरानले सोमबार इजरायली सहरहरूमा मिसाइल आक्रमण गरेको छ । 

इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबार तेहरानले इजरायली नागरिकहरूमाथि इरानी आक्रमणको चर्को मूल्य चुकाउने चेतावनी दिए।  

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ०२ बजे

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त,

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।