पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते  « Khabarhub

पछिल्लो इरानी आक्रमणमा पाँच जनाको मृत्यु, ९२ घाइते 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

एजेनसी– इरानले इजरायलमा गरेको पछिल्लो आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपतकालीन सेवाले सोमबार बताएको छ ।

मध्य इजरायलका चार वटा स्थलमा भएका आक्रमणमा हताहत भएको एमडिएले एक विज्ञप्तिमार्फत जनाएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुषका साथै एक थप समावेश छन् ।  

अहिलेसम्म एमडिए टोलीहरूले ९२ जना घाइतेलाई अस्पतालमा लगेका छन् । जसमा एक महिलाको अवस्था गम्भिर अवस्थामा रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ । एमडिएले चारमध्ये दुई स्थानमा खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

इजरायलले इरानमा आक्रमण गरेपछि दुवै पक्षले थप विनाशको धम्की दिएका थिए । इरानले सोमबार इजरायली सहरहरूमा मिसाइल आक्रमण गरेको छ । 

इजरायली रक्षामन्त्री इजरायल काट्जले सोमबार तेहरानले इजरायली नागरिकहरूमाथि इरानी आक्रमणको चर्को मूल्य चुकाउने चेतावनी दिए।  

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ०२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा