इजरायली आक्रमणपछि भारतले आफ्ना विद्यार्थी स्थानान्तरण गर्दै « Khabarhub

इजरायली आक्रमणपछि भारतले आफ्ना विद्यार्थी स्थानान्तरण गर्दै


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले इरानमा आक्रमण गरेपछि इरानमा रहेका भारतीय विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाइएको छ ।  

गत शुक्रबार इजरायलको इरान विरुद्ध पहिलो आक्रमणपछि तेहरानले इजरायल विरुद्ध आक्रमण गरेर प्रतिक्रिया दिइरहेको छ । यसले द्वन्द्व क्षेत्रीय युद्धमा परिणत हुनसक्ने विश्वव्यापी आकलन बढाएको छ । 

दुवै देशसँग सम्बन्धमा रहेको भारतले तेहरानले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि आफ्ना नागरिकहरूलाई इरानभित्र स्थानान्तरण गर्न खोजेको जनाएको छ ।  

तेहरानमा रहेको भारतीय दूतावासले सुरक्षा अवस्थाको निरन्तर निगरानी गर्दै इरानमा रहेका भारतीय विद्यार्थीलाई उनीहरूको सुरक्षा सुनिश्चित गर्न प्रयास गरेको भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । केही विद्यार्थीलाई दूतावासको सुविधासहित इरानका सुरक्षित स्थानहरूमा सारिएको  मन्त्रालयले जनाएको छ ।  

गत वर्षको सरकारी तथ्यांकअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् भने सन् २०२२ को तथ्यांकमा इरानमा दुई हजारभन्दा बढी विद्यार्थी रहेका छन् । भारतले शुक्रबार दुवै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको बताएको छ ।

इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै तेहरानले जबाफी आक्रमण सुरु गरेदेखि एक दर्जनभन्दा बढीको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : १५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि