मूल्य अभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह « Khabarhub

मूल्य अभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले हीरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) र सुनमा विलासिता कर लगाउँदा व्यवसाय प्रभावित हुने जनाउँदै त्यसमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भएकाले पुनर्विचार हुन जरुरी भएको जनाएको हो । 

सङ्घका अध्यक्ष सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब रु तीन खर्ब ५० अर्ब लगानी गरेका २५ हजार व्यवसायी मात्र प्रभावित नभई तीन लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने भएकाले पुनर्विचार गर्न आग्रह गरे । 

सुनचाँदी तथा रत्न आभूषण व्यवसायीबाट राज्यलाई वार्षिक २० अर्ब राजस्व योगदान हुँदै आएको जानकारी दिँदै अध्यक्ष शाक्यले करको मारबाट आफूहरूलाई मुक्त गर्न अनुरोध गरे । 
 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : १८ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा