उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु « Khabarhub

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा तालमा डुङ्गा डुब्दा कम्तीमा ४८ जनाको मृत्यु भएको डिआरसी सरकारले आइतबार जनाएको छ ।

बुधबार इक्वेटोर प्रान्तको बिकोरो नजिकैको घटनापछि ४६ जना यात्रुलाई उद्धार गरिएको छ भने एक सय सात जना बेपत्ता छन् । अधिकारीहरूले अहिलेसम्म ४८ वटा शव बरामद गरेको उपप्रधानमन्त्री तथा आन्तरिक तथा सुरक्षामन्त्री ज्याकमेन शाबानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडितहरू तीनवटा मोटर चालित डुङ्गामा सवार थिए । ती डुङ्गा तालमा गम्भीर मौसमका कारणले पल्टिएको विज्ञप्तिमा भनिएको छ ।

रिपोर्टका अनुसार मृतकको सङ्ख्या ६० भन्दा बढी हुनसक्छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले डुङ्गामा रहेका अधिकांश यात्रुले बिकोरो क्षेत्रको गाउँको अन्त्येष्टिमा मृत महिलाको शव बोक्दै गर्दा डुङ्गाहरू सम्भवतः ओभरलोड भएका थिए ।

परिस्थितिको आकलन गर्न र मानवीय सहायताको समन्वय गर्न बिकोरोमा एक अन्तर–मन्त्रालय मिसन पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै त्रासदीहरू रोक्न, प्रकोप रोकथाम संयन्त्रलाई सुदृढ पार्न र समुदायको लचिलोपना बढाउन निरन्तर प्रयास गर्न आह्वान गरिएको छ । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ४२ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा