उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु | Khabarhub Khabarhub

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरपश्चिमी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को उत्तरपश्चिमी टुम्बा तालमा डुङ्गा डुब्दा कम्तीमा ४८ जनाको मृत्यु भएको डिआरसी सरकारले आइतबार जनाएको छ ।

बुधबार इक्वेटोर प्रान्तको बिकोरो नजिकैको घटनापछि ४६ जना यात्रुलाई उद्धार गरिएको छ भने एक सय सात जना बेपत्ता छन् । अधिकारीहरूले अहिलेसम्म ४८ वटा शव बरामद गरेको उपप्रधानमन्त्री तथा आन्तरिक तथा सुरक्षामन्त्री ज्याकमेन शाबानीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीडितहरू तीनवटा मोटर चालित डुङ्गामा सवार थिए । ती डुङ्गा तालमा गम्भीर मौसमका कारणले पल्टिएको विज्ञप्तिमा भनिएको छ ।

रिपोर्टका अनुसार मृतकको सङ्ख्या ६० भन्दा बढी हुनसक्छ । स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले डुङ्गामा रहेका अधिकांश यात्रुले बिकोरो क्षेत्रको गाउँको अन्त्येष्टिमा मृत महिलाको शव बोक्दै गर्दा डुङ्गाहरू सम्भवतः ओभरलोड भएका थिए ।

परिस्थितिको आकलन गर्न र मानवीय सहायताको समन्वय गर्न बिकोरोमा एक अन्तर–मन्त्रालय मिसन पठाइएको पनि विज्ञप्तिमा उल्लेख छ । यस्तै त्रासदीहरू रोक्न, प्रकोप रोकथाम संयन्त्रलाई सुदृढ पार्न र समुदायको लचिलोपना बढाउन निरन्तर प्रयास गर्न आह्वान गरिएको छ । 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ४२ बजे

इजरायलद्वारा गाजा जान लागेका ४० जहाज रोकी कार्यकर्ताहरू पक्राउ

तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा लगाइएको नाकाबन्दीको प्रवाह नगरी

बीपी राजमार्गमा राति सवारी चलाउन नपाइने

काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको

प्रधानमन्त्री कार्कीद्वारा सहिद परिवारसँग भेट

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद

देखिन थाल्यो सडकमा चहलपहल

काठमाडौं- नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा

नेपाल मलेसियासँग पराजित

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन