चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल « Khabarhub

चैते धानको उचित मूल्य नपाएपछि किसान र मन्त्रीबीच छलफल


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो पछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच छलफल भएको छ ।
 
वाणिज्य मन्त्रालयमा सोमबार दुई मन्त्रीबीच चैते धानको हालको अवस्था, किसानले उचित मूल्य नपाउनुका कारण, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चैते धान खरिद गर्न सक्ने अवस्थाबारे छलफल भएको हो । 

यस्तै भारतबाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, र भण्डारण क्षमतालगायतका विषयमा पनि छलफल भएको कृषिमन्त्री अधिकारीको सचिवालयले जनाएको छ । 

सचिवालयकाअनुसार दुई मन्त्रालयबीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग प्रयाप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल, चिउरा र भुजिया निर्यातका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने, खाद्यमार्फत् धान खरिद गर्नका लागि अर्थ मन्त्रालयसँग बजेटलगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।

बैठकमा कृषिमन्त्री अधिकारीले किसानले चैते धानको उचित मूल्य पाउनका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेकोमा जोड दिएका थिए । उद्योगमन्त्री भण्डारीले कृषि, उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसमेत बसेर समस्याको समाधान र आगामी रणनीति तय गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै