पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश | Khabarhub Khabarhub

पत्रकार पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेको छ । 

विद्युतीय कारोबार (साइबर क्राइम) मुद्दामा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पत्रकार पाठक उच्च पुगेका थिए । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत् प्रसारण गरेपछि पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ५ : ५३ बजे

रोटे पिङ खेलेर दसैँ मनाउँदै (तस्बिरहरू) 

काठमाडौं– दशैं सम्पूर्ण नेपालीहरूको लागि विशेष पर्व हो । आफन्त,

सरकारी दबाबबीच एल साल्भाडोरको पत्रकार सङ्घ देशबाहिर सर्न बाध्य

एजेन्सी – एल साल्भाडोरको पत्रकार सङ्घले यस वर्ष लागू गरिएको

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउँछ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२ का अवसरमा

यस्तो भयो बर्दियामा थारू समुदायको दसैँ (तस्बिरहरू) 

बर्दिया– बर्दियाको थारू समुदायमा टिका र मकैको जमरा लगाएर हर्षउल्लासका

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् ।