धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश | Khabarhub Khabarhub

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबरालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले सोमबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 

राजावादीहरूले गत चैत १५ गते तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले महामन्त्री राणासहितलाई पक्राउ गरी मुद्दा चलाएको थियो । 

यसअघि उनी हाजिरी जमानीमा रिहा भए पनि अदालतमा उपस्थित भएका थिएनन् । राणा सोमबार जिल्ला अदालतमा हाजिर भएका थिए । 
उनीसँगै हाजिरी जमानीमा रिहा भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : ४९ बजे

उपत्यकाका सडक सुनसान

काठमाडौं– विजयादशमीको काठमाडौँ उपत्यकाका सडकमा न्यून सवारी चलेका छन् । 

लाखौँ वर्ष पुरानो खोपडीले मानव विकासको समयरेखा पुनर्लेखन गर्ने सम्भावना

एजेन्सी– चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख

भक्तपुरको ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको घुँइचो

काठमाडौं– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

व्यासमा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो

दमौली– विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष

रुसको तेल खरिद बढाउनेलाई जी–७ को कडा चेतावनी

एजेन्सी– युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा