स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले « Khabarhub

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक आक्रमणको सामना गरेको छ। इरानी राज्य सञ्चालित टेलिभिजनको प्रत्यक्ष प्रसारणका क्रममा इजरायलले आक्रमण गर्दा ठूलो विस्फोटको आवाज सुनिएको छ ।

खबर नेटवर्कको प्रत्यक्ष प्रशारणका क्रममा सहर इमामी समाचार वाचन गरिरहेकी थिइन् । त्यत्तिकैमा स्टुडियो बाहिर ठूलो विस्फोटको आवाज सुनियो। केहीबेरको अवरोधपछि उनी फेरि स्क्रिनमा फर्किएकी छन्।

इजरायलका रक्षा मन्त्री इस्राएल काट्जले सोमबार बिहानै इरानी दुष्प्रचार र उत्तेजनाको मुखपत्र अब समाप्तिको नजिक रहेको चेतावनी दिएका थिए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न पनि चेतावनी दिएका थिए । उक्त चेतावनी दिएको केही समयपछि विस्फोट भएको हो।

इरानको राष्ट्रिय प्रसारण संस्था आईरआईबी त्यही क्षेत्रमा अवस्थित छ, जुन क्षेत्रलाई इजरायलले लक्ष्य बनाउँदे बम हानेको थियो । विस्फोटपछि केही समय प्रसारण अवरुद्ध भए पनि अहिले खबर नेटवर्क सामान्य सञ्चालनमा फर्किएको छ।

यो घटनाले इरान–इजरायलबीचको साइबर र सञ्चार युद्ध थप चर्किएको देखिएको छ। दुवै देशबीच मिसाइल हमलापछि सञ्चार प्रणालीलाई लक्ष्य गर्ने रणनीतिमा इजरालय रहेको अनुमान गरिएको छ।

मेहर न्यूज एजेन्सीले जनाएको अनुसार अहिले उक्त टेलिभिजनका सबै प्रसारणहरू सुचारु भइसकेका छन् । आक्रमणमा जनधनको क्षति नभएको प्रारम्भिक जानकारी आएको छ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ४८ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री