आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १६ तारिख। आज असार मासान्त परेको छ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : २३ बजे

सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले

हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

एजेन्सी – चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर